Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

निमा तामाङले जितिन् मिस तामाङको ताज

पोखरा एफएम / एचकेनेपाल डट कम –
पोखरा, १७ माघ। बैदाम तामाङ्ग समाजको आयोजनामा २८५२ औं सोनाम ल्होसारको अवसरमा आयोजित मिस तामाङ्ग पोखरा २०१६ को उपाधि लेकसाइडकी निमा तामाङ्गले जितेकी छिन्।

उपाधि विजेता निमा

निर्णायक पूर्व मिस नेपाल निलिमा गुरुङले भारतको नाकाबन्दीले नेपाली जनजीवन र देशको अर्थतन्त्रमा प्रभाव पारेको अवस्थामा अबको दिनमा देशलाई आत्मनिर्भर बनाउन के गर्नुपर्छ भन्ने निर्णायक प्रश्नको सटिक उत्तर दिँदै तामाङ्गले उपाधि जितेकी हुन्। उपाधिसहित उनले मिस पर्सानालिटीको टाइटल, नगद २० हजार, गिफ्ट हयाम्पर जितिन्। फस्ट रनरअप मुना स्याङ्गबो तामाङ्गले भिवर्स च्वाइस तथा बेस्ट कस्ट्युमको टाइटल सहित नगद १५ हजार तथा गिफ्ट हयाम्पर जितिन्। यस्तै सेकेण्ड रनरअप गीता लामाले मिस ट्यालेण्टको टाइटलसहित नगद १० हजार तथा गिफ्ट हयाम्पर प्राप्त गरिन्।

प्रतियोगितामा मिस कन्फिडेन्टको टाइटल डोल्मा लामा, ब्युटिफुल स्किन तथा स्माइलको टाइटल जानुका घिसिङ्ग तामाङ्ग, मिस ब्युटिफुल आई आस्मा लामा, मिस फोटोजेनिक बिपना लामा, मिस डिसिप्लिन सोनी योञ्जन तामाङ्ग, मिस ब्युटिफुल हेयर जिना तामाङ्ग, मिस बेस्ट तामाङ्ग ल्याङ्गवेज उत्साह लोप्चान तामाङ्ग, मिस क्याटवक मनिषा तामाङ्ग, मिस पर्फमर सोनी दोङ्ग तामाङ्गले हात पारिन । टाइटलको बितरण निर्णायकहरु पुर्व मिस नेपाल निलिमा गुरुङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग कास्कीका निवर्तमान अध्यक्ष दिपक वाइवा तामाङ्ग, गीतकार तीर्थ तामाङ्ग, सौन्दर्यविद चिनु गुरुङ्ग, फेवा टेलिभिजनका मार्केटिङ्ग म्यानेजर उदिपराज ढुङ्गाना, कार्यक्रमका सहसंयोजक जयन्ती मोक्तान, लोप्साङ्ग लामा, कोरियोग्राफर निशा प्रजापति, फोटोग्राफर सन्जय शाक्यले गरेका थिए।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल तामाङ्ग घेदुङ्गका कार्यबाहक अध्यक्ष कुम्भ बहादुर तामाङ्गले युवा पुस्तामा संस्कृति प्रतिको जागरुकताका लागि यस्ता खालका कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए।

कार्यक्रममा बोल्दै नेपाल तामाङ्ग घेदुङ्गका निबर्तमान अध्यक्ष दिपक वाइवा तामाङ्गले तामाङ्ग समुदाय संस्कार र संस्कृतिमा समृद्ध भए पनि राज्यले पहिचान गर्न नसकेकोले समुदायको हक अधिकार र यसको पहिचान स्थापित गर्न सम्पुर्ण समुदाय अग्रसर हुनुपर्नेमा जोड दिए । कार्यक्रम संयोजक जेसिका तामाङ्गले समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा संस्कृति र सभ्यता प्रति युवापुस्ताको आकर्षण गराउने उद्धेश्यले मिस तामाङ्ग पोखरा २०१६ आयोजना गरिएको बताए । कार्यक्रममा इन्दिरा गोले गुरुङ्ग, शुक्र लामा र संजिव लामाको सांगितिक प्रस्तुतिका साथै एसके डान्स एण्ड एरोविक, सिम्पानी तामाङ्ग समाजको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम बैदाम तामाङ्ग समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको थियो।





Comments

comments

Leave a Reply

10686