फ्राइडे रिलिज : हलमा एक्लै ‘गोर्खा वारियर’

आज शुक्रबारबाट मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनमा आएको छ। यो मितिमा अन्य कुनै फिल्म भिड्न नआएका कारण ‘गोर्खा वारियर’ले एकल प्रदर्शनकाे अवसर पाएको हो। निर्देशक चाम्स पूर्व बिट्रिश गोर्खा सैनिक हुन्।

फिल्म प्रतिको मोहले जागिर छोडेका उनको मनमा गोर्खा सैनिकको कथामा फिल्म बनाउने इच्छा भने थियो। त्यसैले उनले १० बर्ष लगाएर यो फिल्म बनाएका हुन्।

फिल्म सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’ मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको हो। फिल्ममा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप गोले, त्रिचु राई, दिग्गज खत्री लगायतको अभिनय छ । यो फिल्मले करिब ७० वर्ष अगाडिको नेपाली समाजको अवस्थालाई पनि चित्रण गरेको छ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा हुन् । प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुरेश राई सह–निर्माताको रुपमा रहेका छन् । सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म निर्माणदेखि प्रदर्शनसम्म ५ करोडमाथि खर्च भएको बताइन्छ । यो लगानी सुरक्षित गर्न फिल्मले घरेलू बक्स अफिसमा १० करोड माथिको कमाई गर्नुपर्नेछ । तर यो चुनौती छ,’ असम्भव भने होइन।

फिल्मको लण्डनको अलवा देशको बिभिन्न भागमा प्रिमिएर गरिएको थियो । प्रिमियर सुखद् प्रतिक्रिया पाएको फिल्मको सार्वजनिक प्रदर्शन समेत राम्रो हुने निर्माण युनिटको अनुमान छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

108246