एमटीआरले भोलि ५० प्रतिशत भाडा छुट दिने

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २३ फेब्रुअरी। हङकङको रेल कम्पनी एमटीआरले भोलि शनिवार ५० प्रतिशत भाडा छुट दिने घोषणा गरेको छ।

यात्रुहरुबाट पाएको निरन्तर सहयोगको लागि कृतज्ञता व्यक्त गर्न एमटीआरले भोलि ५० प्रतिशत भाडा छुट दिने घोषणा गरेको हो।

एमटीआरले भनेको छ – यात्रुहरुले “धन्यवाद दिन” को समयमा आधा मूल्य भाडाको मजा लिन सक्नेछन्।

भाडा छुट हुने लाइनहरुमा आइल्याण्ड, साउथ आइल्याण्ड, चुन वान, क्वुन टोङ, ट्युन मा र इस्ट रेलका साथै लो वु र लोक मा चाउ स्टेशनहरूको क्रस-बाउन्ड्री यात्रा समावेश छन्।

उनीहरूले MTR, LRT र MTR बसमा अक्टोपस वा क्यूआर कोड प्रयोग गरी ५० प्रतिशत भाडा छुटको मजा लिन सक्नेछन्।

तर, इस्ट रेल लाइन, एयरपोर्ट एक्सप्रेस वा एमटीआर फिडर बसको फस्ट क्लास प्रिमियममा भाडा छुट लागू नहुने एमटीआरले जनाएको छ। पूरा जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

108258