चार जनालाई ‘नइ पुरस्कार’

काठमाडौँ, २०८० फागुन ११ गते—
नइ प्रकाशनले चार जना प्रतिभाशाली महानुभावहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

नइ प्रकाशनले जनचेतनाको संवर्धनका लागि नेपाली भाषाका माध्यमबाट अभिनय, नाटक, सिर्जना र हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट योगदान दिएबापत श्री शैलेन्द्र सिम्खडालाई साठी हजार रुपियाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

त्यसै गरी राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि योगदान पुर्याएबापत झापाका श्रीमती रीमा पाण्डे ‘मिनी’लाई पचास हजार रुपियाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ।

प्राध्यापन, अनुसन्धान तथा सिर्जनाद्वारा नेपाली भाषासाहित्यको विकासमा प्रशंसनीय कार्य गरेबापत डा.साधना प्रतीक्षालाई पचास हजार रुपियाँ राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको छ।

समाजसेवाका फाँटमा समर्पित एवम् साहित्य, कला र संस्कृतिको संवर्धन हेतु क्रियाशील मिस नेवा सुश्री नितु डङ्गोललाई पच्चिस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौैरख पुरस्कार’ समर्पण गरिने भएको छ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

108350