Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बुद्धजयन्तीमा बुद्ध बर्न इन नेपाल

गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने तथ्यलाई विश्वभर फैलाउने उद्देश्यले निर्माण गरिएको फिल्म ‘बुद्ध बर्न इन नेपाल’को प्रदर्शन मिति तोकिएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा अभिनेताद्वय अमित र रमित ढुंगानाले निर्माण गरेको फिल्म बुद्धजयन्तीको अवसर पारेर १० वैशाखमा प्रदर्शन गरिने पक्का भएको छ। रमितले अमेरिका बसाइका क्रममा कतिपय देशमा बुद्ध भारतमा जन्मिएको भन्ने गलत कुरा फैलिइरहेको चाल पाएपछि शान्तिका अग्रदूत बुद्धबारे सही तथ्य संसारलाई बुझाउने मनसायले यो फिल्म निर्माण गरेको बताएका छन्।

फिल्ममा अमित र रमितका साथमा अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मा, मनिता लामालगायतले अभिनय गरेका छन् । केही अमेरिकनले समेत अभिनय गरेको फिल्मको सुटिङ अमेरिका र नेपालमा गरिएको खबर नयाँ पत्रिकामा छ। नाफा कमाउने भन्दा पनि अमेरिकाको पाठ्यपुस्तकमा समेत बुद्धबारे गलत जानकारी समावेश गरिएको पाइएकाले त्यसलाई मेटाउने उद्देश्य राखिएको निर्देशक देउजा बताउँछन्।





Comments

comments

Leave a Reply

10859