अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिँदा लिदै डीएसपीसहित तीन जना प्रहरीलाई रंगेहात पक्राउ गरेको छ।
अख्तियारको टोलीले जाउलाखेलस्थित पेट्रोल पम्पका सञ्चालकको लेनदेनसम्बन्धी विवाद मिलाउने नाममा तीन लाख रुपैयाँ घूस लिएको आरोपमा ललितपुर प्रहरी परिसरका डीएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेशवहादुर सिंहलाई तीन लाख रुपैयाँ घूससहित पक्राउ गरेको खबर अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको छ।
त्यस्तै सई लालमणि पाण्डेबाट पनि एक लाख ५० हजार रुपैयाँ बरामद भएको छ। सेन्टमेरिज स्कुलको गेटमा रहेको थाई घर रेस्टुरेन्टबाट उनीहरुलाई समातिएको हो। उनीहरु अख्तियारको हिरासतमा छन्।