Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नक्कली भिक्षु बनेर जापान छिरेका ५ नेपाली पक्राउ

अवैध रुपमा जापान प्रवेश गर्ने विदेशीलाई शरणार्थीको हैसियत दिन कडाइ गरिएपछि नेपालका दलालले नयाँ उपायबाट कामदारलाई जापान ल्याउन थालेका छन्। मानव तस्कर गिरोहले मोटो रकम असुलेर बौद्ध भिक्षुको भेषमा कामदार जापान प्रवेश गराउने गरेको खुलासा भएको छ।

बौद्ध भिक्षु भेषमा पर्यटक भिसामा आएका ५ जनालाई टोकियो अध्यागमनले शंका लागि अनुसन्धान गर्दा उनीहरु दलाललाई मोटो रकम तिरेर आएको पुष्टि भएको हो। झन्डै ३५ प्रतिशत जनसंख्या बौद्ध धर्म मान्नेहरु रहेको जापानमा भिक्षुहरुलाई उच्च सम्मान गरिन्छ। त्यसकै फाइदा उठाउँदै दलालले नेपालीलाई तिब्बती भिक्षुको भेषमा जापान पठाउने गरेको खुलेको हो। पक्राउ पाँच जना २० देखि २८ वर्षका छन्।

यसरी जापान कामदार ल्याउने दलालले एयर टिकटबाहेक १३ लाख रुपैयाँसम्म असुल्ने गरेको बताएका छन्। कोरियन एयरलाइन्सबाट टोकियो आएका उनीहरुलाई विमानस्थल स्थित अध्यागमनले अनुसन्धान गरिरहेको खबर नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10873