काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो, ७ जनाको मृत्यु, ५ जना बेपत्ता…

काठमाडौँ, कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ।

आज बिहान ५ बजे बस त्रिशूली नदीमा बस खस्दा सात जनाको मृत्यु भएको छ भने चार पुरुष र एक महिलासहित पाँच जना बेपत्ता छन्। दुर्घटना स्थलबाट ३८ जनाको उद्धार गरी उपचारको लागि गजुरीस्थित अस्पतालमा पठाइएको छ।

लु १ ख २१२१ नम्बरको बस गजुरीको घाटबेशीमा दुर्घटना भएको हो। बसमा ५१ जना यात्रु रहेको अनुमान गरिएको छ। हराई रहेका बाँकी यात्रुको खोजी भइरहेको जनाइएको छ।





Comments

comments

109403