रवि लामिछानेलाई फेरि गृह मन्त्रालयको जिम्मा…

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ।

लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन्। त्यस्तै बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको छ। उपसभापतिसमेत रहेका डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने निर्णय गरेको छ। रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

109431