सुदन किराँतीबाहेक माओवादीका सबै मन्त्री दोहोरिने, एमालेबाट उपप्रधानमन्त्रीमा रघुवीर महासेठ

काठमाडौं, नेकपा एमालेले पार्टी सचिव रघुवीर महासेठलाई उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीसहित सरकारमा पठांउने निर्णय गरेको छ।

पार्टीले महासेठसहित सरकारमा दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई मन्त्रीको रुपमा पठाउंने निर्णय गरेको छ।

यसअघि, पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन्। सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ।

त्यस्तै, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्र, वर्षमान पुन अर्थ, हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, शक्तिबहादुर बस्नेत ऊर्जा र रेखा शर्मालाई सञ्चार तथा सूचना प्रविधिमा पठाइने भएको छ। पुन र तामाङ नयाँ हुन् भने बस्नेत र शर्मा मन्त्रीमा दोहोरिने भएका छन्। मन्त्रीबाट सुदन किराँतीमात्र बाहिरिएका छन्।





Comments

comments

109439