हङकङमा काँचका बोतलमा दुई नवजात शिशुको शव भेटियो, प्रेमी र प्रेमिका पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १० मार्च। ट्युन मुनमा फेला परेका दुई शिशुको शव आइतबार फोरेन्सिक पोस्टमार्टमपछि २४ र ३० हप्ता बीचको भएको खुलासा भएको छ। गत शुक्रबार काँचका बोतलमा दुई नवजात शिशुको शव भिजाएर राखिएको डरलाग्दो घटना सार्वजनिक भएको थियो।

स्थानीय मिडियाका अनुसार सान हुइको एक आवासीय इकाईमा सफाई कर्मचारीहरूले काम गरिरहेको बेला घरको बैठक कोठामा अज्ञात तरल पदार्थहरू भएका दुईवटा शंकास्पद बोतलहरू फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले शुक्रबार “लाशको अवैध विसर्जन” को आशंकामा लाम उपनामका २४ वर्षीय पुरुष र उनकी २२ वर्षीया प्रेमिका उपनाम चाउलाई पक्राउ गरेको थियो।

फोरेन्सिक डाक्टरले ताई वाइको फु शान सार्वजनिक शवगृहमा प्रारम्भिक पोस्टमार्टम गरेर दुई शिशुको शव लगभग २४ देखि ३० हप्ताको भएको पत्ता लगाएको छ।

दुवै शिशुको मृत्युको समय, जन्मअघि वा पछि मृत्यु भएको र उनीहरुको मृत्युको कारण यकिन हुन नसकेको प्रहरीले जनाएको छ। अनुसन्धानले अस्पतालमा दुई बच्चाको जन्म रेकर्ड फेला पारेको छैन। फरेन्सिक डाक्टरले शवबाट डीएनए निकालेका छन् र पक्राउ परेका दुई जनाको डिएनएसँग तुलना गरेर उनीहरुको पितृत्वको थप पुष्टि गर्नेछन्।





Comments

comments

109844