अलविदा सुशील कोइराला !

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ७६ वर्षको उमेरमा गएराति निधन भएको छ ।


फोटोः @sarojkafleg

फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास महाराजगन्जमा राति १२:५० बजे उनको निधन भएको नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए।


केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहँदै आएका कोइराला लामो समयदेखि अर्बुद रोगको उपचार गराइरहेका थिए।

कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान ८ बजेसम्म कोइरालाको निवासमा र ८ बजेदेखि दिउँसो १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा र त्यसपछि श्रद्धाञ्जलिका लागि दशरथ रङ्गशालामा राखिने जनाइएको छ।


प्रधानमन्त्री केपी शर्मा अोलीले दिवंगत कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। १० बजे बस्ने मन्त्रीपरिषदको बैठकले कोइरालालाई कसरी सम्मान दिने भन्ने विषयमा अौपचारिक निर्णय गर्ने अोलीले बताए। फोटोः @ashokpillar

यसैबीच, कोइरालालाई श्रद्धाञ्जलि व्यक्त गर्न पुगेका कांग्रेस नेता नरहरि आचार्य बेहोस भएपछि उपचारका लागि अस्पताल पठाइएको छ। कोइरालाको निधनबारे टेलिभिजनमा प्रतिक्रिया दिन खोज्दा उनी बेहोस भइ लडेका थिए।

अलबिदा सुशील कोइराला… हार्दिक श्रद्धाञ्जलि!!!





Comments

comments

Leave a Reply

10989