Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
राई इज किङले यसरी थर्काए मलेसिया – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राई इज किङले यसरी थर्काए मलेसिया

एचकेनेपाल डट कम संवाददाता-
पेनाङ, मलेसिया। चाइनिजहरुको नयाँ वर्ष हरितालिकाको अवसर पारेर मलेसियाको पेनाङमा रक स्टार नामक संस्थाले यही फेब्रुवरी ६ देखि ९सम्म विभिन्न साँगीतिक कार्यक्रम आयोजना गरिरहेको छ।

कार्यक्रमलाई रक स्टार धमाका २ नाम दिइएको छ भने यसै क्रममा पेनाङको बुकिट जलमा नेपालका चर्चित गायक राजेशपायल राई, हास्यकलाकार जितु नेपाल, नृत्यांगना पेमा लामा, चन्द्र दाहाल र लोकदोहोरी गायिका सिर्जु अधिकारीले पेनाङबासीलाई मनोरञ्जन प्रदान गरे।

कार्यक्रमको प्रमुख आकार्षणमा रहेका राईले नाई नभन्नु ल-४, दर्शन नमस्ते, राम प्यारी, दिक्तेल बजार, बसमा छैन यो मन गीतले दर्शक खुशी बनाए भने उक्त कार्यक्रममा भियतनामी र इन्डोनेसियन फ्यानको उपस्थितिले राई फुरुङ्ग देखिन्थे। हास्यकलाकार जितु नेपालले नेपालका विभिन्न समसामायिक विषयलाई उठाएर व्यंगप्रहार गरेका थिए।

कार्यक्रमबाट उठेको रकम भूकम्पपीडितलाई सहयोग गरिने कार्यक्रम रक स्टार ग्रुपका एक सयोजक पुष्प लामाले बताए।





Comments

comments

Leave a Reply

11004