Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कतारमा तमूहरुको चेलिबेटी भोज सम्पन्न – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कतारमा तमूहरुको चेलिबेटी भोज सम्पन्न

बिल गुरुङ / एचकेनेपाल डट कम –
७ फेब्रुअरी दोहा, कतार । तमू (गुरुङ) समाज कतारको आयोजनामा चेलिबेटी भोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। गत शुक्रवार ५ तारिखका दिन कतारको नज्मास्थित अलनक्याम रेष्टुरेण्टमा विभिन्न रोचक कार्यक्रमहरुको आयोजना सहित भव्यताका साथ उक्त कार्यक्रम सम्पन्न भएको छ।

औपचारिक कार्यक्रमः
तमू समाज कतारका अध्यक्ष कृष्ण तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका संरक्षक बिलबहादुर तमूको प्रमुख आतिथ्यता रहेको थियो । विशेष अतिथिहरुमा समाजका संस्थापक अध्यक्ष राम तमू, सल्लाहकारहरु क्रमशः बुधबल तमू, बुद्ध तमू, मदन तमू, तमू बचत तथा ऋण सहकारीका नि. कार्यकारी अधिकृत खेम तमू, नेपाली महिला समाज कतारकी अध्यक्ष रेखा राई, समाज अन्तर्गत महिला विभागकी संयोजक टौमाया तमूस्यो, तमू प्ये ल्हु संघ कतारका अध्यक्ष युद्धजंग तमू लगायत थिए।

समाजका प्रथम उपाध्यक्ष खेम तमूले स्वागत मन्तव्य राखेको कार्यक्रममा गैर आवासीय नेपाली तारा २०१५ पर्यवेक्षक समितिका संयोजक क्रान्ति सिंह, सदस्य अशोक शेङदन, गायन तर्फका निर्णायक मंगल बिक, नृत्य तर्फका निर्णायक ईश्वर भल्लब उप्रेती, रिदम कला केन्द्रका किरण तमू र गजेन्द्र मल्ल, नेपाली कला केन्द्रका कृष्ण उप्रेती, जेरी राई, कञ्चन राई आदिको सहभागिता रहेको उक्त कार्यक्रम महासचिव खुशीमान तमूले सञ्चालन गरेका थिए।

संरक्षक बिलबहादुर तमूबाट द्विप प्रज्वलित गरि सुरु भएको कार्यक्रममा गोरखा सेवा समाजका प्रमुख सल्लाहकार आशबहादुर तमू, कास्की आदर्श सेवा समाज कतारका प्रमुख सल्लाहकार आशबहादुर तमू, तमू प्ये ता“ ल्हु ता“ समितिका अध्यक्ष रसबहादुर तमू, तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमू, तमू खेलकुद समितिका अध्यक्ष सूर्य तमू, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक हरीकाजी तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक रनबहादुर तमू, समाजका संस्थापक कोषाध्यक्ष नेत्र तमू, बयोबृद्ध आमा मैताकुमारी तमूस्यो, नेपाली महिला समाजकी कोषाध्यक्ष शुष्मिता भुशाल लगायत केन्द्रिय समिति र शाखा समितिका पदाधिारी तथा सदस्यहरु लगायत कतारवासी तमू तमूस्योहरुको बाक्लो सहभागिता रहेको थियो।

सम्मान कार्यक्रम ः
कोषाध्यक्ष र नृत्य निर्देशक सम्मानित ः
तमू समाज कतारको जिन्सी सामान विशेष गरि साउण्ड सिस्टम ब्यवस्थापनमा विशेष योगदान पु¥याउनु भएका कोषाध्यक्ष पमबहादुर तमू र तमू सांस्कृतिक परिवारका नृत्य निर्देशक सगुन बर्देवालाई फेटा (क्रेगी) ले सम्मान गरिएको थियो।

कलाकार र खेलाडीहरु सम्मानित ः
तमू समाज कतारको आयोजनामा गत वर्ष सम्पन्न भएको ल्हु ल्होसार विशेष कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोग गर्ने र यस वर्षको प्र ल्होसार तथा स्यों कै कार्यक्रम सफल बनाउन सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई अध्यक्ष कृष्ण तमूले समाजको तर्फबाट प्रशंसापत्रद्वारा सम्मान गरेका थिए । त्यसरी नै विभिन्न समयमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमहरुमा सहयोग गरेका तमू सांस्कृतिक परिवारका कलाकारहरुलाई प्रशंसापत्रद्वारा सम्मानित गरिएको थियो । साथै विभिन्न समय र स्थानमा आयोजना गरिएको खेलकुद प्रतियोगितामा समाजको प्रतिनिधित्व गर्ने खेलाडीहरु समेत प्रशंसापत्रद्वारा सम्मानित भएका थिए।

खेगी निल तमू सम्मानित ः
तमू समाज कतारले गत डिसेम्वर २५ तारिखका दिन आयोजना गरेको प्र ल्होसार कार्यक्रममा खेगीको भुमिकामा रहेर यस वर्षको ल्हो (वर्ग) ले ल्याएको राम्रो नराम्रो ग्रह दसा तर्काउन लगाई दिने रिपा मन्त्राउनु हुने खेगी निल तमूलाई उक्त दिन श्रद्धालुहरुले दिएको दक्षिणा सहित क्रेगीद्वारा समाजका अध्यक्षबाट सम्मान गरियो । खेगी निल तमूले उक्त दक्षिणा भने समाजको महिला विभागलाई प्रदान गरेका थिए ।

संस्थापक अध्यक्ष र सल्लाहकार सम्मानित ः
चेलिबेटी भोज कार्यक्रममा चेलिबेटीहरुले समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार रामबहादुर तमू र पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार बुधबल तमूलाई फेटा (क्रेगी) ले सम्मान गरेका छन भने समाजका अध्यक्ष लगायत शाखा समितिका प्रमुखहरु क्रमशः कृष्ण तमू, रसबहादुर तमु, राजन घले तमू, सुर्य तमू, हरीकाजी तमू र रनबहादुर तमूलाई फुलको मालाले सम्मान गरेका थिए । भोजको निम्तो मान्न आउने चेलिहरु खालि हात नआउने चलन अनुसार महिला विभागको तर्फबाट अध्यक्ष कृष्ण तमू र संरक्षक बिलबहादुर तमूलाई कोशेली हस्तान्तरण गरिएको थियो । त्यसै गरि तमू प्ये ल्हु संघ कतारमा आबद्ध चेलीहरुको तर्फबाट अनिता तमूस्योले अध्यक्ष कृष्ण तमूलाई कोसेली दिईन।

चेलिबेटी भोज तथा वनभोज ः
सेल रोटिको साथमा गुन्द्रुक र भटमासको अचारको स्वादिलो परिकारबाट सुरु भएको खान पिनको कार्यक्रम विभिन्न स्वादिलो भोजनबाट समापन गरिएको थियो । पुर्वाञ्चल सम्पर्क समितिका संयोजक हरीकाजी तमूले आफनो फुर्सदको समयमा आफनै करेसा वारीमा तयार पारेको सागबाट बनेको गुन्द्रुकको साथमा भटमासको अचार र डल्ले खुर्शानीको प्रशंसा कार्यक्रममा सहभागि सबैले गरे । स्मरणीय के छ भने कार्यक्रमको लागि सेल रोटि, गुन्द्रुकको साथमा भटमासको अचार र डल्ले खुर्शानीको जोहो स्वयम हरीकाजी तमूले गरेका थिए।

चेलिबेटीहरु सम्मानित ः
तमू समाज कतारको मातहातमा रहेको महिला विभागका पदाधिकारी तथा सदस्यहरुलाई ढाका क्रमु (पछयौरी) ले सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुने लगभग ५० जना चेलिहरुमा नेपाली महिला समाजकी अध्यक्ष रेखा राई र कोषाध्यक्ष शुष्मिता भुषाल लगायत बृद्ध आमा मैताकुमारी तमूस्यो समेत थिईन । त्यसै गरि तमू प्ये ल्हु संघ कतारका अध्यक्ष युद्धजङ तमूले महिला बिभागकी संयोजक टौमाया तमूस्योलाई पछयौरीले सम्मान गरे।
गौरव तमूको बिदाई ः
तमू समाज कतारका अत्यन्त सकृय सदस्य गौरव तमू कतारको बसाईलाई बिट मार्दै स्वदेश फर्कन लागेका छन । त्यसैले समाजमा उनले पु¥याएको योगदानको उच्च मुल्याङकन गर्दै कदर पत्र सहित क्रेगी र समाजको लोगो अङकित मेडलबाट सम्मान गरियो । गौरव तमू तमू खेलकुद समितिका टिम क्याप्टेन हुन भने एउटा कुशल कलाकार पनि हुन । त्यसैले उनलाई समाजका अध्यक्ष कृष्ण तमू लगायत शाखा समितिका अध्यक्षहरु राजन घले तमू र सुर्य तमूले संयुक्त रुपमा सम्मान सहित बिदाई गरेका थिए।
गाउदा गाउदै गीत (दोहोरी गीती क्यासेट) बिमोचन ः
तमू समाज कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समितिका सचिव पुरन तमूको गाउदा गाउदै गीत नामक दोहोरी गीती क्यासेट बिमोचन भएको छ । समाजका संरक्षक बिलबहादुर तमू, अध्यक्ष कृष्ण तमू, तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमू र तमू खेलकुद समितिका अध्यक्ष सुर्य तमूले संयुक्त रुपमा उक्त क्यासेट बिमोचन गरेका थिए । बागिन म्युजिक प्रा.लि.ले बजारमा ल्याएको उक्त क्यासेटमा समावेस दोहोरी गीत देउकुमारी तमूस्यो र प्रकास पराजुलीले गाएका छन । पुरन तमू र प्रकास पराजुलीको शब्द रहेको दोहोरी गीतको लय र थेगो भने प्रकास पराजुलीको छ।
रमाईलो सांस्कृतिक तथा साहित्यिक प्रस्तुति ः
तमू सांस्कृतिक परिवारका कलाकारहरुको आकर्षक प्रस्तुतिमा सहभागि सबै मन्त्र मुग्ध थिए । एक पछि अर्को प्रस्तुतिले कुनै ब्यवसायिक सांस्कृतिक कार्यक्रमको झल्को दिएको थियो । साथै समाजमा सहभागि नया“ सदस्य तेज तमूको समसामयिक विषयमा लेखिएको आकर्षक गजल र कविता प्रस्तुतिले कार्यक्रमलाई साहित्यिक माहौल बनाएको भान हुन्थ्यो।
आर्थिक सहयोग प्राप्त ः
चेलिबेटी भोज कार्यक्रमको लागि भनेर विभिन्न ब्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेका छन । त्यसरी सहयोग गर्नेहरुमा कृष्ण उप्रेती, अशोक शेङदान, नेपाली महिला समाज कतार लगायत छन । साथै समाजको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारको आयोजनामा सम्पन्न हुन गैरहेको गैरआवासीय नेपाली तारा २०१५ कार्यक्रमको लागि पनि आर्थिक सहयोग जुटेको छ । समाजका केन्द्रिय सदस्य आशलाल तमूले कतारी रियल एक हजार एक सय एघार र समाजका सदस्य तथा तनहु“ सेतिदोभान सेवा समाज कतारका सचिव पुर्ण तमूले कतारी रियल पा“च सय नगद सहयोग गरेका छन । नेपाली कला केन्द्रका कृष्ण उप्रेतिले उक्त कार्यक्रमको लागि कतारी रियल एक हजार सहयोग गरेका छन । कृष्ण उप्रेतिले यसभन्दा अघि नै कतारी रियल छ सय प्रदान गरि सकेका हुनाले उनको कुल सहयोग एक हजार छ सय कतारी रियल हुन आएको छ । कार्यक्रममा दिईएको जानकारी अनुसार गैरआवासीय नेपाली तारा २०१५ कार्यक्रमको अन्तिम छनौट चरण अर्थात ग्राण्ड फिनाले यहि फेब्रुअरी महिलनाको २६ तारिख शुक्रवारका दिन रिजेन्सी हलमा सम्पन्न हुन गैरहेको छ । स्मरणीय छ कि उक्त प्रतियोगितात्मक कार्यक्रममा कतारमा कार्यरत गायन र नृत्य बिधाका प्रतिभावान १०÷१० जना कलाकारले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन्।
आजीवन सदस्यताको प्रमाणपत्र बितरण ः
कास्कीका आशबहादुर तमू र लम्जुङका कर्म तमूलाई समाजको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ । आशबहादुर तमू कास्की आदर्श सेवा समाज कतारका निवर्तमान अध्यक्ष हुन भने कर्म तमू लामो समयदेखि समाजमा कृयाशिल छन्।
मन्तब्य ः
चेलिबेटी भोज आयोजना गर्नुका कारण वारे प्रकास पार्दै प्रथम उपाध्यक्ष खेम तमूले तमू समुदायमा रहेको संस्कारलाई प्रवासमा पनि बचाई राख्ने प्रयास हो भने । त्यसै गरि पुर्वाञ्चल सम्पर्क समितिका संयोजक हरीकाजी तमूले तमू भाषामा दिएको मन्तब्य निकै लोभ लाग्दो थियो । नेपालबाट कतार आउदा आफनै भाषा वारेमा अनबिज्ञ हरीकाजी तमू समाजले सञ्चालन गरेको भाषा प्रशिक्षणबाट सिकेको आधारमा मन्तब्य दिई रहदा लाग्थ्यो मान्छेले चाह्यो र आट्यो भने जे पनि गर्न सक्छ । कार्यक्रममा मन्तब्य राख्ने क्रममा महिला बिभागकी संयोजक टौमाया तमूस्योले परदेशमा चेली अपहेलित र बदनाम हुन्छ भन्छन तर तमू समाज कतारले यसरी हामीलाई सम्मान गर्दा गौरवान्वित भएकाछौं भनिन । परदेशमा आफनो शुख दुख बिसाउने चौतारी भनेको संघ÷संस्था नै भएकोले संस्थाहरुमा आबद्ध हुन पनि सबै चेली लगायत दाजुभाईलाई टौमायाले आव्हान गरिन्।

थप फोटोहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

11010