ब्रिटिश गोरखा भूपू सैनिकहरूद्वारा प्रधानमन्त्रीलाई ५ लाख हस्तान्तरण


सन्तोष थलङ –

ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समिति (BGNCCC) र गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

भूकम्प पीडितहरुलाई राहात पुर्याउने उद्देश्यले संयुक्त रुपमा संकलित रकम आकस्मिक प्रधानमन्त्री राहत कोषका लागि ५ लाख को चेक हस्तान्तरण गरेको गरिएको हो।

यसै क्रममा ब्रिटिश गोरखाहरुका बंशजको नेपाली नागरिकता निरन्तरताका लागि तत्काल नागरिकता ऐन संशोधन गरेर गोरखा र गोरखा सन्ततिहरुले बेलायती अंगीकृत नागरिकता (Naturalization) लिन परे पनि बंशजको नेपाली नागरिकता यथास्थिति मै कायम रहने व्यवस्था सुनिश्चित गरिदिन अनुरोध गर्दै पुन: एक ज्ञापन पत्र बुझाएकोछ ।

प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले गोरखाका नागरिकताबारे आफू पूर्णरूपमा जानकार र सकारात्मक रहेको प्रष्ट पार्दै मुख्य गरी नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि भेटेर यो बिषयमा कन्भिन्स गराउने प्रयास गर्नु होला। प्रधानमन्त्री दाहालले यो राष्ट्रिय मुद्दा भएकोले साझा सहमतिमा निर्णय हुन सके ऐन तथा संबिधान संशोधन गर्न सहज हुने बताए।

ब्रिटिश गोरखाहरुका समानताका आन्दोलन अन्तर्गत जी टु जी वार्तालाई निर्णायक बनाउनेबारे समय अभावका कारणले गहन छलफल हुन नसकेकाले पुनः मार्च २७ अगावै प्रधानमन्त्रीसंग भेटी गम्भीररुपमा छलफल गर्ने सहमति भएकोछ।

BGNCCC UK/Nepal का संयोजक सुनबहादुर तामाङले नेतृत्व गरेको उक्त प्रतिनिधिमण्डलमा फुर्वा शेर्पा, भिम राई, निमा शेर्पालगायतका ब्रिटिश गोरखा भूपू सैनिकहरूको सहभागिता थियो।





Comments

comments

110833