Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

केकी र विमल अभिनित पोखरामा… म्युजिक भिडियो बन्दै

जे.सागर/यूएई
प्रवासमा बसेर पनि नेपाली साहित्य संगीत र कलालाई माया गर्ने र यसको विकास विस्तार र प्रवर्द्धन गर्नेहरुको जमात बढ्दै गएको छ । यसै क्रममा यूएईको आबुधाबी प्रहरी सेवामा कार्यरत बिमल अधिकारीले निकट भविष्यमैं आफ्नो शब्द र लय संकलनमा पोखरामा पोखरामा…बोलको लोक पप सांगीतिक कोसेली बजारमा ल्याउन लागेका छन्।

बुद्धि अधिकारीद्वारा स्वरबद्ध यस गीतको भिडियो समेत छायांकन भइरहेको सर्जक अधिकारीले बताए । कुमार के.सि. द्वारा निर्देशित यस भिडियोमा नेपाली सिने जगतकी लोकप्रिय नायिका केकि अधिकारी र बिमल अधिकारी स्वयंले प्रमुख भुमिकामा अभिनय गरेका छन् । माया प्रेमको भाव समेटिएको गीत पोखरामा … हाल पोखराकै मनोरम स्थलहरुमा छायांकन भइरहेको र केही समयमा नै सार्वजनिक हुने मोडल समेत रहेका सर्जक अधिकारीले जनाएका छन्।

यूएईमा आयोजना हुने नेपाली साँस्कृतिक कार्यक्रमहरुमा समेत उत्तिकै सक्रिय अधिकारीले यस अघिनै विभिन्न सांगीतिक सिर्जना र स्टेज कार्यक्रम मार्फत दर्शक तथा श्रोताहरुको मन जितिसकेका छन् । हाल वार्षिक बिदामा स्वदेश गएको मौका पारेर सो समयलाई सदुपयोग गर्दै नेपाली गीत संगीतका पारखीहरुलाई नयाँ कोसेली दिन लागेको सर्जक अधिकारीले बताएका छन् ।उनका अनुसार शब्द संगीत तथा स्वरको उचित तालमेल मिलेको गीत र चर्चित नायिका सहितको अभिनय रहेको गुणस्तरीय भिडियोका कारण यो सिर्जनाबाट दर्शक तथा श्रोताको अझ बढी माया पाउने अपेक्षा राखेको उनले सुनाए।





Comments

comments

Leave a Reply

11094