उपेन्द्र यादवको उपस्थितिमा हङकङमा लखन थापाको १३९औं स्मृति दिवस सम्पन्न

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, १४ फेब्रुवरी। आदिबासी जनजाति महासंघ हङकङको आयोजनामा आइतवार प्रथम शहीद लखन थापाको १३९औं स्मृति दिवस सम्पन्न भएको छ।

उपेन्द्र यादवको विरोध गर्दै हङकङमा नाराबाजी हेर्नुहोस् भिडियो

मगर संघ हङकङ सहआयोजक रहेको प्रथम शहीद लखन थापाको १३९औं स्मृति दिवस याउ मा तेइस्थित हेन्री जि लिउङ कम्युनिटी हलमा भव्यताका साथ सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघीय समाजबादी फोरमका अध्यक्ष तथा पूर्ब उपप्रधान तथा परराष्ट्र मन्त्री उपेन्द्र यादब उपस्थित थिए। नेपाल आदिबासी पत्रकार महासंघका अध्यक्ष तथा एबिसी टेलिभिजनका समाचार संयोजक दण्ड गुरुङ कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित थिए।

जनजाति महासंघका सल्लाहकार भूपेन्द्र चेम्जोङको स्वागत मन्तव्य रहेको कार्यक्रममा मगर संघ हङकङका सल्लाहकार भिम थापा मगरले लखन थापाको जीवनीबारे चर्चा गरेका थिए। जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापा मगरको अध्यक्षता सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित थिए।

लखन थापाको १३९औं स्मृति दिवसका लागि आदिबासी जनजाति महासंघको निमन्त्रणामा यादवसंगै मगर संघ नेपालका अध्यक्ष महेन्द्र थापा मगर, नेपाल आदिबासी पत्रकार महासंघका अध्यक्ष तथा एबिसी टेलिभिजनका समाचार संयोजक दण्ड गुरुङ र एबिसि टेलिविजनका फोटो पत्रकार लाला गुरुङ आाइतबार नै हङकङ आएका हुन्।

फोटोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम । थप फोटोहरु यहाँ हेर्नुहोस्


संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव


नेपाल आदिबासी पत्रकार महासंघका अध्यक्ष तथा एबिसी टेलिभिजनका समाचार संयोजक दण्ड गुरुङ


मगर संघ नेपालका अध्यक्ष महेन्द्र थापा मगर

तस्वीरः जगतअम्बु गुरुङ र देवराज राई / एचकेनेपाल डट कम । थप तस्वीरहरु यहाँ हेर्नुहोस् बाँकी अपडेट हुंदै…

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

11057