Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

साग पुरुष फुटबलको फाइनलमा २३ वर्षपछि नेपालको ऐतिहासिक जीतः भारत १-२ नेपाल

एचकेनेपाल डट कम संवाददाता –
१५ फेब्रुवरी। साग पुरूष फुटबलको स्वर्ण पदकको लागि आयोजक भारत र नेपालबीच फाइनलमा नेपालले २३ वर्षपछि क्षेत्रीय खेलकुदमा ऐतिहासिक जीत हासिल गरेको छ।

गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा २३ बर्षमुनिको टोलि बीच सोमबार भएको खेलमा भारतलाई नेपालले १-२ ले पराजित गरेको हो।

अत्यन्त रोचक तथा प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा नेपालका तर्फबाट प्रकाश बुढाथोकीले ६६ औं मिनेटमा र नवयुग श्रेष्ठले ७० औं मिनेटमा एक / एक गोल गरेका थिए।

फाइनलमा यो जीतसंगै नेपालले स्वर्ण पदक जितेको छ भने आयोजक भारतले रजत पदकमा चित्त बुझाएको छ।

सन् १९८४ को पहिलो साग फुटबलमा नेपालले बंगलादेशलाई हराएर स्वर्ण पदक जितेको थियो। सन् १९८७ मा भारतसँग पराजित भएर रजत पदकमा चित्त बुझाएको नेपालले पछिल्लो पटक सन् १९९३ मा भारतलाई हराएर स्वर्ण पदक जितेको थियो। नेपाल सन् १९९९ पछि यो पटक साग फुटबलको फाइनलमा पुगेको हो।

SAG Game live लाईभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

11103