अपांगता भएका व्यक्तिले एकभन्दा बढीसंग यौन सम्पर्क राख्छन्

अपांगता भएका ४२ प्रतिशत युवायुवतीको एकभन्दा बढी यौनसाथी रहेको अध्ययनले देखाएको छ।

अपांगता भएका युवाको यौन तथा प्रजनन स्वास्थ्यका विषयमा मेरिस्टोप्स नेपालले गरेको अध्ययनले १५ देखि ३० वर्ष उमेरका अपांग युवायुवतीले एकभन्दा बढीसँग शारीरिक सम्पर्क राख्ने गरेको देखाएको हो।

अध्ययनमा एक भन्दा बढी यौन साथी भएका उक्त समूहका ११ प्रतिशत अपांग युवायुवतीको पहिलो सम्पर्क दबाबका भरमा भएको पाइएको छ।

मेरिस्टोप्स क्लिनिकले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा उपत्यकाका तीनसहित ६ वटा जिल्लाका अपांगता भएका युवायुवतीबीच अध्ययन गरेको खबर नागरिक दैनिकमा छ।

परिषदले समेत गत वर्ष जनवरी र फेब्रुअरीमा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, कास्की र पर्सा जिल्लामा अध्ययन तथा तथ्यांक संकलन गरेको प्रमुख अनुसन्धानकर्ता रामचन्द्र गैरेले जानकारी दिए।

अध्ययनकाक्रममा विवाहअगाडि प्रेममा पर्ने तथा विवाहितले समेत एकभन्दा बढीसँग यौनसम्पर्क राख्ने गरेको भेटिएको छ।





Comments

comments

Leave a Reply

11139