Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रेम प्रस्ताव गर्दा नमानेपछि युवतीमाथि छुरा प्रहार

लामो समयदेखि प्रेम प्रस्ताव राख्दै आए पनि युवतीले नमानेको भन्दै उदयपुरमा एक युवकले युवतीमाथि नै छुरा प्रहार गरेका छन्। उदयपुर पञ्चावती गाविस–४ बोहोरी बोट बस्ने १७ वर्षीया फूलकुमारी मगर र अर्का १४ वर्षीया गीता राना मगरमाथि छुरा प्रहार गरिएको हो।

छुरा प्रहार गर्ने युवक भुटार गाविस–८ बस्ने १६ वर्षीय पूर्णबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । गए राति ११ बजे मगरद्वय घरको कोठामा सुतिरहेको बेला सार्कीले घरको झ्याल खोलेर प्रवेश गरी फूलकुमीलाई टाउकामा र छातीमा छुरा प्रहार गरी फरार रहेको बताइएको छ।

मगरसँगै सुतिरहेकी उनकी भतिजी गीताले कराएर गुहार गर्दा उनलाई पनि सार्कीले छातीमा छुरा प्रहार गरेर घाइते बनाएका छन् । सार्की पञ्चावतीस्थित खरिबोटमा एक स्थानीयवासीको घरमा डेरा लिएर स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै आएका विद्यार्थी हुन् । फूलकुमारीलाई एक वर्षदेखि सार्कीले प्रेम प्रस्ताव राखेर बारम्बार प्रेमपत्र लेख्दै आएको र धेरै पत्र भेटिएको प्रहरीले बताएको छ।

सख्त घाइते फूलकुमारीको अवस्था गम्भीर रहेकाले उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ। रासस





Comments

comments

Leave a Reply

11144