आफ्नै घरको बाथरुममा मृत भेटिइन् डाक्टर प्रतिभा धौभडेल

काठमाडौं । डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन्।

जिल्ला अस्पताल धादिङमा कार्यरत ३४ वर्षीया धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत भेटिएकी हुन् ।

जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल विहीवार आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् ।

सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले प्रतिभालाई वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। उनी केही दिनअघि घर बिदामा काठमाडौं आएकी थिइन्।

प्रतिभाका श्रीमान पनि डाक्टर नै रहेको प्रहरीले जनाएको छ ।





Comments

comments

111379