चेक ल्याप कोकको पानीमा तैरिरहेको अवस्थामा शव फेला

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ मार्च। चेक ल्याप कोकको पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको छ। शुक्रबार बिहान चेक ल्याप कोकको पानीमा शव भेटिएपछि समुद्री प्रहरीले अनुसन्धान सुरु गरेको छ।

आज बिहान ११ बजेभन्दा केही समय अगाडि चेक ल्याप कोकको चुनपिङ रोडमा रहेको एशिया एयरफ्रेट टर्मिनलको कार्गो टर्मिनल वनको अगाडिको पानीमा एक व्यक्ति तैरिरहेको अवस्थामा फेला परेका थिए।

पानीबाट निालिएपछि उनको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको थियो।

मृत्युको कारण फोरेन्सिक पोस्टमार्टम विचाराधीन छ।

उनको पहिचान र समुन्द्रमा खसेको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्थानीय मिडियाका अनुसार मृतक करिब ३० देखि ४० वर्षको रहेको र कालो ज्याकेट, निलो जिन्स र सेतो जुत्ता लगाएको बताइएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

111382