तीन जनालाई झपट पुरस्कार

२०८० साल चैत २४ गते,
झपट पुरस्कार व्यवस्था समितिका अध्यक्ष अरुण राणाले कञ्चन पुडासैनी, डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ र प्रा.डा.ऋषिराम शर्मालाई २०८० सालका ‘झपट पुरस्कार’ प्रदान गर्नुभयो।

कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई ‘झपट पुरस्कार’ प्रदान गरिएको हो ।

यसै गरी योगशिक्षा तथा प्राकृतिक चिकित्साका क्षेत्रमा अहोरात्र समर्पित मानव स्वास्थ्यसेवाको संवर्धनमा उल्लेखनीय योगदान दिएबापत डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नि’लाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिएको छ ।

यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।

नेपाली कथासाहित्यका अमर स्रष्टा गुरुप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरी नेपाली समालोचनाका क्षेत्रमा विशिष्ट योगदान दिएबापत प्रा.डा.ऋषीराम शर्मालाई पचास हजार रुपियाँ रााशिको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरियो ।

महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले सो समारोहमा ‘झपट अभिलेख’को लोकार्पण गर्नुभयो ।

झपट पुरस्कारका संस्थापक यज्ञविक्रम राणाको शतवार्षिकीका अवसरमा सम्पन्न समारोहमा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाई, झपट पुरस्कार व्यवस्था समितिका उपाध्यक्ष तथा पुरस्कार निर्णायक समितिका संयोजक प्रा.केशव सुवेदी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव रेखा राणाले संस्थाका गतिविधि माथि प्रकाश पार्नु भएको थियो ।

(रेखा राणा)
सदस्यसचिव
झपट पुरस्कार व्यवस्था समिति-२०३७





Comments

comments

112134