Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चिनियाँ अर्बपति नेपालको सौर्य उर्जामा लगानी गर्न इच्छुक

चिनियाँ अर्बपति हुङ मिङले नेपालको सौर्य क्षेत्रमा लगानी गर्ने बताएका छन्।

काठमाडौंमा आयोजित मेक नेपाल ग्रिन (हरियो नेपाल, बलियो नेपाल) कार्यक्रममा भाग लिन आएका मिङले नेपालमा सौर्य उर्जाको व्यावसायिक सम्भावना रहेको औंल्याए। मिङले चीनमा सौर्य उर्जाबाटै सञ्चालित उपत्यका बनाएका छन्।

बेइजिङबाट एक घन्टाको यात्रामा पुगिने देजहुमा ३० लाख वर्गमिटर क्षेत्रफलको सम्पूर्ण क्षेत्रै नै सौर्य उर्जमा निर्भर छ । सौर्य उर्जाका लागि सम्पूर्ण अध्ययन तथा अनुसन्धानका लागि यो क्षेत्र विश्वभर प्रसिद्ध छ, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

सप्रोस नेपालले आयोजना गरेको कार्यक्रममा मंगलबार मिङले आगामी महिना हुने अपेक्षा गरिएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला सौर्य उर्जामा सहयोगको घोषणा हुनसक्ने बताए।





Comments

comments

Leave a Reply

11224