Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युकेमा स्वेच्छाको ११ ए स्टारसहितको अभूतपूर्व कीर्तिमान

धर्मराज अधिकारी / एचकेनेपाल डट कम –
लण्डन । रेडिङस्थित प्रस्पेक्ट स्कुलकी नेपाली छात्रा १६ बर्षीया स्वेच्छा वास्तोलाले जीसीएस्सीमा इलेभेन ए स्टार ल्याएर सो स्कूलमा नयाँ कीर्तिमान बनाएकी छिन्। सन् २००४ मा आफ्ना आमा बाबुसंग बेलायतमा आएकी बास्तोला सानै उमेरदेखि मेघावी थिइन।

बाबा रमेश बास्तोला तथा आमा रुचिला बास्तोलाको साथमा राम्रो पारिवारिक शिक्षा तथा हेरचाह पाएकोले नै पढाईमा आफू अब्बल भएको स्वेच्छाले बताईन्। शैक्षिक वाताबरणमा हुर्किएकी रुचिलाको हजुरबाबा डा. टुवराज बास्तोला कास्की जिल्लाकै चर्चित शिक्षासेवी हुन्। भविष्यमा मेडिसिन पढ्ने स्वेच्छाको चाहना छ।

इलेभेन ए स्टार ल्यायर विद्यालयको इतिहासमै उत्कृष्ट बनेकी छात्रा स्वेच्छा यतिखेर मेन स्ट्रिमका अखबारहरुको प्राथमिकतामा परेकी छिन्। स्कूलको इतिहासमा नै अहिलेसम्म कसैले त्यस्तो ल्याउन नसकेको जानकारी आफूहरुले पाएको स्वेच्छाका बाबा रमेश बास्तोलाले बताए। छोरी पढाईमा लगनशिल थिइन् तर यति धेरै राम्रो गर्लिन भन्ने चाहिं आफूहरुलाई नलागेको बास्तोलाको भनाई थियो।





Comments

comments

1130