Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भियनामा खेमराज गुरुङ र बिमल श्रेष्ठले थाक्ने गरि नचाए

सुनिल संगम-
अष्ट्रिया भियना, नेपाली आदिबासी जनजाति एकता समाजले आयोजना गरेको लोसारको भब्य कार्यक्रममा अष्ट्रियाको राजधानी भियनामा गायकद्वय खेमराज गुरुङ र बिमल श्रेष्ठले आफ्नो सुमधुर चर्चित गीतहरु प्रस्तुत गरेका थिए भने उपस्थित दर्शकहरु झुम्दै रमाउदै थाक्ने गरि नाचेका थिए।

वारी जमुना पारि जमुना जस्ता चर्चित गीतका लोकप्रिय गायक खेमराज गुरुङले आफ्नो नयाँ पुराना चर्चित गीतहरु सुनाएका थिए भने पोर्तुगल निबासी गायक तथा म्युजिक भिडियो निर्देशक बिमल श्रेष्ठले पनि आफ्नो दमदार प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।

संस्थाका अध्यक्ष बुद्धिबहादुर तामांगको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम रिमा बिष्ट तथा चन्द्रसेन राईले संचालन गरेका थिए भने उपाध्यक्ष सुरज चाम्लिङ्गले स्वागत मन्तब्य राखेका थिए। एनआरएन अष्ट्रियाका अध्यक्ष मुक्त गुरुङ र हेल्प नेपाल नेट वर्कका शिब सापकोटाले शुभ-कामना मन्तब्य राखेका थिए।

दर्शकहरुले खचाखच भरिएको हलमा गायकद्वय बाहेक अष्ट्रियाका स्थानीय नेपाली कलाकारहरु सुरज चाम्लिङ्ग, नेत्र खड्का, सुनिता लामिछाने, दिब्य ढकाल, अनिका अर्याल, लारिषा तामांग, देब ढकाल, कुञ्जन बोहोरा, मोनिका तिवारी, मनिषा तिवारी, प्रतिभा शाही समुदा, भूमिका श्रेष्ठ, बर्ष पौडेल, प्रश्न पौडेल, सीता वन, नमु वन, कमला खत्री, डा. ओर्नेला, शेखर लामा, सुरज थापा, मुना गुरुङले आफ्नो नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए।

कलाकारहरुलाई प्रशंसा-पत्र पनि वितरण गरिएको उक्त भब्य कार्यक्रममा सांगीतिक कार्यक्रम र खानपिनको समापन पछि डिजेद्वय क्रिशु गुरुङ र श्री कृष्ण भुजेलले दर्शक नचाउन सुरु गरेका थिए भने चर्चित कलाकारसंग फोटो खिच्ने र अटोग्राफ लिनेको भिड पनि उत्तिकै थिए।





Comments

comments

Leave a Reply

11331