बेल्जियमको डाक्टरहरू मिसन नेपाल २०१६ को लागि प्रस्थान गर्दै

केजिन राई / एचकेनेपाल डट कम –
अन्ट्रोपेन बेल्जियम, बेल्जियम स्थित गैरसरकारी संस्था फ्रम पिपुल टु पिपुल पुन: मिसन नेपाल २०१६ कार्यक्रम लिएर नेपाल जाने निर्णय गरेको छ।

यसै हप्ता कोन्टिच बेल्जियममा बसेको उक्त संस्थाको भेलाले तत्काल नेपाल जाने र ४८ हजार युरो खर्च गर्ने निर्णय गरेको हो।

सन् २०१० बाट मुल रूपमा बेल्जियमका बिभिन्न हस्पिटलहरूमा कार्यरत मेडिकल डाक्टरहरूको संयुक्त प्रयासमा स्थापित सो संस्थाले नेपालमा गएको बिनासकारी महाभूकम्पपछि अप्रिल २०१५ मा २७ जना मेडिकल डाक्टरहरूको टोलीले १५ दिनसम्म उद्दार, उपचार र सहयोग गरेको थियो। उक्त टोलीको नेपालको लागि संयोजन प्रख्यात ब्यबसायी गैरआबासीय नेपाली संघ बेल्जियमका महासचिब लोक दाहालले गर्नु भएको थियो।

संस्थाको मुख्य कार्यालय कोन्टिच बेल्जियममा नेपाली पत्रकारहरूको टोलीलाई मानबीय सहयोगको निम्ति कार्यरत सो संस्थाले जानकारी दिदै तत्काल गोरखा र धादिङ जिल्लामा यो पटकमा ४८ हजार युरो खर्च गर्ने र अर्को पटक जग्गा खरिद गरी स्कूल र भबन बनाईदिनेछ। त्यस्को लागत २ सय हजार यूरो हुने र यो परियोजनाको अध्ययन पुरा हुन लागिसकेको सो संस्थाका अध्यक्ष डा. लुक बाउकरले बताएका छन्।

म्यान्मारमा समेत ४ सय शैयाको अस्पताल संचालन गरिरहेको ¨फ्रम पिपुल टू पिपुल ¨ संस्थाले मिसन नेपाल २०१६ भन्दा पूर्व विश्वभरका संकटमा परेका बिभिन्न मुलुकहरू हाईटी , चिली ,म्यान्मार , पाकिस्तान , भारत ,इन्डोनेसिया ,फिलिपिन्समा समेत मिसन संचालन गरिसकेको र गर्दैरहेको कुरा संस्थाका अध्यक्ष डा. लुक बाउटर अगाडी बताए।

धादिङ र गोरखा जिल्लामा मात्र किन केन्द्रीत रहेको भन्ने नेपाली पत्रकारहरूको प्रश्नमा डा. बाउकर भन्नुहुन्छ ¨बिपत्ती र समस्यामा परेका नेपालका अन्य जिल्लाहरूबाट हामीलाई अफर आओस ,जानकारी आओस हामी हाम्रो क्षमताले भ्याएको मानबीय सहयोग गर्न कति पनि कन्जुस्याई गर्ने छैनौ। ¨

मुलत दैबीप्रकोप उद्धारको निम्ती बेल्जियमको प्रतिष्ठित सस्था ¨बी फास्ट ¨पछिको सम्मानित यो संस्था सरकारी तवरमा नै लडाईंमा रहेको नेपाल संयोजक लोक दाहाल बताउनुहुन्छ।

स्मरणीय के छ भने सरकारी अनुदानमा चल्ने बेल्जियमको मुख्य बिपत्तिको लागि सहयोगी सस्था ¨ बी फास्ट ¨उद्दार टोलीलाई नेपालमा गएको बिनासकारी महाभूकम्प कै दोश्रो दिन नेपाल प्रस्थान गरेपनि काठमाण्डौ प्रबेश गर्न नेपाल सरकारले अनुमति दिएन । फलत केहीदिनको भारत बसाईपछि सो टोली बेल्जियम फर्केको थियो। सो टोलीका सदस्यहरूले बेल्जियम फर्केपछि राष्ट्रिय टेलिभिजनहरूमा संचारकर्मीहरूको प्रश्नको उत्तर दिदै नेपाल सरकारको रबैया नराम्रो र गलत रहेको बताए। उद्धार र सहयोग गर्छु भन्ने हामीलाई बेवास्ता गर्यो, भने।

यति सम्म कि बेल्जिक उद्धार टोलीलाई नेपाल प्रबेश गर्न नदिएपछि यहाँका नागरिकहरूले ब्यापक रोष प्रकट गरे हेरेन्ट बेल्जियम बस्ने बेल्जिक नागरिक रोमिन कुनले यस सम्बाददातासँग टेलिभिजनको नेपाल गएका टोलीको दुखेसो सुनेको बताउदै ¨ब्रेन नभएको नेपाल सरकार! सहयोग गर्छु भन्दा हामीलाई तिरस्कार गर्ने? अब हाम्रो नेपालप्रति उर्लेको सहानुभूति मरेर गयो। हामी कति पनि सहयोग गर्न तयार छैनौ अब । ¨

यसरी धेरै मानबिय सहयोगको ढोका बन्द भए पनि फ्रम पिपुल टु पिपुल सस्थाको सहयोगी मन पीडित नेपालीको दु:ख, पीडा र दर्दमा मल्हमको रूपमा काम गर्ने छ, नेपाल मिसनका संयोजन गर्ने लोक दाहाल अगाडि बताउनु हुन्छ।





Comments

comments

Leave a Reply

11333