नुहाउन गएका दुई युवक बेपत्ता

फाइल

दोलखा, तामाकोशीमा पौडी खेल्ने क्रममा दुई जना युवक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका-८ खारेका २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ रहेका छन्।

शुक्रबार अपरान्ह टुयिनटार नजिकै तामाकोसी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट सिमबहादुरले प्रयोग गर्ने खुकुरी र ज्याकेट र जयबहादुरको ट्रयाक र मोबाइल फेला परेको प्रहरीले जनाएको छ।

उनीहरु खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ।





Comments

comments

113776