Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अाफू मरेर यात्रु बचाउने पाइलटलाई सरकारले वीर पदक प्रदान गर्ने

एयर काष्ठमण्डपको विमान दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानालाई सरकारले मरणोपरान्त ‘वीर पदक’ प्रदान गर्ने भएको छ।

आफ्नो ज्यान गुमाएर पनि यात्रुहरुलाई सुरक्षित अबतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरुप यो पदक दिने मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णय गरेको हो।


पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष राना

राष्ट्रगानका संगीतकार अम्बर गुरुङ, कांग्रेस नेता नरहरि आचार्य र कर्मचारी खगेन्द्र नेपालको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।

मन्त्रिपरिषदले संविधान जारी भएको उपलक्ष्यमा १६५ कैदीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने समेत निर्णय गरेको खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

11382