Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युकेबाट पत्रकार छाङ्छालाई सम्मान र मधेश आन्दोलनका बहादुर पत्रकार चौधरी पुरस्कृत

एचकेनेपाल डट कम संवाददाता –
गत २७ फेब्रुवरी २०१६ का दिन युकेको अल्डसटमा बसेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को बैठकले फोनिज युके पत्रकारिता सम्मान तथा पृुरस्कार २०१६ घोषणा गर्यो।

वि.स. २०३५ बाटै ‘धर्म निरपेक्षता, जातीय सद्भाव र समानुपातिक प्रतिनिधित्वका लागि’ भन्ने नारा राखेर छहरा नामक साप्ताहिक पत्रिका निरन्तर ३९ बर्ष प्रकाशन तथा सम्पादन गरि समाजको चेतनामा पुरयाएको योगदान वापद पत्रकार गोपाल छाङ्छालाई यस बर्षको सम्मान र जारी मधेश आन्दोलनमा ६२ जनाले शहादत प्राप्त गरेको आन्दोलन माथि राज्यको क्रुरदमन र जनताको आवाजलाई निष्पक्ष सम्प्रेषण गरेवापत भैरहवा साप्ताहिकका सम्पादक तथा स्वतन्त्र पत्रकार रामविकास चौधरीलाई पनि नगद सहित यस बर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

नेपालबाट युके आईपुग्नु भएका नेपाल पत्रकार महासङ्घ नेपालका केन्द्रीय महासचिव उजीर मगरलाई फोनिज युकेका अध्यक्ष विश्वास दीप तिगेलाले खदा र सम्मानपत्रद्धारा स्वागत गर्नुभयो । त्यस्तैगरि युकेमै पत्रकारिता विषयमा स्नाकोत्तर गरेकी सुश्री शिला लिम्बुले युकेको पत्रकारिता सम्बन्धमा जानकारी गराउनु भएवापद वहालाई पनि धन्यवाद पत्र प्रदान गरिएको थियो।

प्रत्येक बर्ष प्रदान गरिने फोनिज युके पत्रकारिता पुरस्कार तथा सम्मानको लागि बरिष्ठ पत्रकार तथा रेडियो विजिडब्लुएसका निर्देशक मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पाले ५ बर्षको लागि प्रायोजन गर्नेहुने सहमति पत्रमा पनि हस्ताक्षर भयो । सम्मान र पुरस्कार नगद रु पन्ध्रपन्ध्र हजारको रहनेछ । बैठकलाई महासचिव प्रमिला लाबुङ राईले संचालन गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

11389