Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रक्सी उधारो नदिएको भन्दै युवतीको हत्या

उधारोमा रक्सी नदिएको झोकमा रुकुममा एक युवतीको हत्या भएको छ।

रक्सी नदिएको झोँकमा बलात्कारको योजना बुनेका स्थानीय तीन युवकले रुकुम खालागाउँ ५ की १७ वर्षीय सुस्मिता शाहीको हत्या गरेका गरेका हुन्।

माघ १० गते भएको यो घटनाको अनुसन्धानमा रहेको प्रहरीले झण्डै डेढ महिनापछि हत्याको कारण सार्वजनिक गरेको खबर आजको नागरिक दैनिकमा छ।

प्रहरीले हत्यामा संलग्न स्थानीय २५ वर्षीय यमबहादुर नेपाली, १६ वर्षीय ज्ञानेन्द्र राना र १५ वर्षीय प्रेम खड्कालाई नियन्त्रणमा लिएको थियो।

अभियुक्तहरुले पसल मालिक सुस्मिताले आफूहरुलाई उधारोमा रक्सी नदिएको र त्यही झोकमा हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्।





Comments

comments

Leave a Reply

11429