Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राष्ट्रव्यापी बालगायन प्रतियोगिताको अडिशन शनिवार पोखरामा हुने

रेडियो गण्डकी/ एचकेनेपाल डट कम –
पोखरा। सुरशाला म्युजिक एकेडेमी र सुरशाला फाउण्डेशनको संयुक्त आयोजनामा नेपालमै पहिलो राष्ट्रव्यापी बालगायन प्रतियोगिताको अडिशन पोखरामा २२ गते शनिबार हुने भएको छ।

“सुरशाला आइडल जुनियर“, बालबालिकाको लागी संगीतको शिक्षा र उत्कृष्ठ प्रतिभालाई उचित अवसर दिने उदेश्यले आयोजना गरिएको सुरशाला म्युजिक एकेडेमी एवं सुरशाला पÞmाउण्डेशका प्रबन्ध निर्देशक युवा गायक अमृत छेत्री बताउनु भएको छ।

पोखराको न्युरोडमा रहेको स्काइटच रेष्टुरेन्टमा विहान ११ बजे पछि अडिसन हुने बताइएको छ । फर्म शुल्क सात सय ५० रहेको बताउदै ७ बर्षदेखी १६ बर्ष भित्रका कोहि पनि बालबालिकाहरुले प्रतियोगितामा भाग लिन पाउने क्षेत्रीले बताउनु भयो । अडिशन फर्मकोलागी इच्छुक बालबालिकाहरुले सुरशालाको फेसबुक पेज र वेबसाइटमा घरबाटै डाउनलोड गरी सहभागी हुन सक्ने बताइएको छ।

सुरशाला आइडल जुनियरका विजेतालाई प्रथम पुरस्कार ३ लाख ५० हजार रुपैंया बराबर र द्दितीय पुसस्कार २ लाख ,५०हजार रुपैंया बराबर र तृतिय पुरस्कार १लाख ६०,हजार। प्रदान गरिने आयोजकले जनाएको छ।

यसै गरि टप १० लाइ सुरसालामा १ ,१ वर्ष सम्मको छात्रवृति प्रदान गरी जम्मा रु १३ लाख रुपैया वरावारको पुरस्कार विजेताले पाउने छन जस भित्र नगद, गित रेकर्डिङ्ग, म्युजिक भिडियो, ट्रफी, संगितको छात्रवृती र अन्य पुरस्कार समावेस हुने छ। साथै विजेताहरुले देश बिदेशमा कार्यक्रम गर्ने अवसर समेत पाउने आयोजकले जनाएको छ।





Comments

comments

Leave a Reply

11441