Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल पुलिस क्लव बुढासुव्वा गोल्डकपको फाइनलमा

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, २० फागुन। तीन पटकको विजेता नेपाल पुलिस क्लव धरानमा जारी १८औ अन्तर्राष्ट्रिय आमान्त्रण बुढासुव्वा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।


३ वल अगाडि बढाउने प्रयाशमा पुलिसमा डिफेन्डर सुमन सुवेदी रातो जर्सीमा। तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा अन्तिम सेमी फाइनलमा गोल्डकपमा पहिलो पटक सहभागी रुपन्देही ११ लाई शून्यका बिरुद्ध १ गोलले पाखा लगाउदै पुलिसले फाइनलको यात्रा तया गरेको हो । पुलिसका लागी एकमात्र निर्णायक गोल कप्तान जुमानु राईले गरेका थिए । उपाधिका लागि पुलिसले शनिबार गत वर्षको उपविजेता चिर प्रतिद्वन्दि मनाङ मस्याङदीको सामना गर्ने छ।

मनाङ मर्स्याङ्दी बुढासुव्वा गोल्डकपको फाइनलमा

पुलिसको जितका लागि कप्तान जुमानुले खेलको २५ औ मिनेटमा एक मात्र निर्णायक गोल गरेका थिए । उनले रविन श्रेष्ठको क्रस पासमा हेडिङ मार्फत उत्कृष्ट गोल गरेका थिए।

खेलमामा पुलिसका कप्तान जुमानुले आधा दर्जन गोल गर्नै सुन्दर अवसर खेर फाले । उनले ४७ औ मिनेटमा विपक्षि गोल रक्षक दिलिप क्षेत्रीले विट भएको अवस्थामा पाएको सुन्दर मौका को सदुपयोग गर्न सकेनन् । उनले दास्रो बार चेपेर गरेको प्रहार वार नजिकै वाट बाहिरीएको थियो भने इन्जुरी समयमा गरेका उनको वार दासा्रे बारमा लाग्ने फर्किएको थियो । ७२ औ मिनेटमा जुमानुको पासमा सुमन लामाको प्रहार माथिल्लो बार ठाक्किदै फर्किएको वललमा पुन सुमन सुवेदीले गरेको प्रहार विपक्षि गोल रक्षक दिलिप क्षेत्रीले रोकेका थिए । खेलाडीले सोचे अनुरुप खेल प्रदर्शन गरेका कारण नै जित सम्भव भएको पुलिसका प्रशिक्षक अनन्त थापाले वताए । रुपन्देहीले राम्रो खेलेको भए पनि आफूहरुले पहिलो गोल सगै रक्षात्मक खेलेको कारण पनि सहज भएको उनको प्रतिक्रिया थियो।


नियन्त्रणमा लिदै प्रहरीका गोल रक्षक विशाल श्रेष्ठ।

अधिकांश पुर्व राष्ट्रिय खेलाडी सहित मैदानमा उत्रिएको रुपन्देहीले पुलिसको भन्दा धेरै अवशर निकाले पनि स्कोर गर्न नसक्दा घर फर्कन वाध्य बन्यो । रुपन्देहीका का लागी १४ औ मिनेटमा विक्रम लिम्बुको फ्रिकि प्रहार विपक्षि गोल रक्षक विसाल श्रेष्ठले नियन्त्रणमा लिएका थिए भने २५ औ मिनेटमा योगेश गुरुङको फ्रिकिकमा पिटरले गरेका हेडिङ प्रहार समेत विफल भएको थियो । ४६ औ मिनेटमा योगेशको पासमा भिक्टोर को प्रहार विपक्षि गोल रक्षक विशालले रोकिदिए भने ८२ औ मिनेटमा गणेक खड्का को शसक्त गोल प्रहार विपक्षि सुरज विक ले विफल तुल्याइदिए । अन्तिम समयमा योगेश गुरुङको पासमा शिव श्रेष्ठको प्रहार विपक्षि गोल रक्षक विसालले नियन्त्रणमा लिए सगै रुपन्देहीको गोल्डकपको उपाधि उचाल्ने सपना चकानाचुर बन्यो । खेल आफ्नै पक्षमा भएपनि भाग्यले साथ नदिएको कारण नजिता सुम्पिन बाध्य भएको रुपन्देही का प्रशिक्षक दयाराम सापकोटाको भनाई थियो।

खेलको म्यान अफ दि म्याच पुलिसमा गोल रक्षक विसाल श्रेष्ठ घाषित हुदै नगद ५ हजार हात पारे।

शुक्रबार आयोजक र खेलकुद पत्रकार मञ्च सुनसरी विच मैत्रीपूर्ण खेल हुने आयोजकले जनाएको छ ।





Comments

comments

Leave a Reply

11433