Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१९ वर्षको उमेरमै अर्बपति

नर्वेकी १९ वर्षीया एलेक्जेन्ड्रा एन्डरसन संसारकै कम उमेरकी अर्बपति बनेकी छिन्।

फोब्र्स पत्रिकाले भर्खरै कम्तीमा एक अर्ब डलर सम्पत्ति भएका व्यक्तिको नयाँ सूची जारी गरेको छ जसमा एलेक्जेन्ड्राको नामसमेत अटेको छ। उनका पिता जोहान एफ एन्डरसन सुर्ती व्यापारी हुन्।

फोब्र्सको सूचीमा एलेक्जेन्ड्रा आफ्नी २० वर्षीया दिदी क्याथरिनसँग १४ सय ७५औँ स्थानमा छिन् । तर, १९ वर्ष उमेर भएकाले उनी सबैभन्दा कान्छी अर्बपति बनेकी हुन्। फोब्र्सका अनुसार उनको कुल सम्पत्ति एक अर्ब २१ करोड डलर छ।

सुर्ती व्यापारी जोहानले सन् २००७ मा फर्ड होल्डिंग्स कम्पनीको ८० प्रतिशत सेयर आफ्ना दुवै छोरीको नाममा गरिदिएका थिए।

एलेक्जेन्ड्रा प्रोफेसनल घोडसवार हुन् । उनी जर्मनीमा बस्छिन्। उनी आफ्नो अधिकांश समय घोडासँग बिताउँछिन्। उनले युरोपियन युनियन राइडर्स च्याम्पियनसिपमा धेरैपटक पुरस्कार जितेकी छिन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

11448