Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कांग्रेस महाधिवेशनमा के के पाक्छन्? हेर्नुहोस् – एक छाकमा १५ खसी र एक टन माछा र कुखुरा

महाधिवेशनमा सहभागी ३१ सय ८२ प्रतिनिधिका लागि एक छाकमा १५ खसी, पाँच सय किलो माछा, पाँच सय किलो कुखुरा, २० क्विन्टल तरकारी, पाँच सय किलो चामल पाक्ने गरेको छ।

-

खानापछिको डेजर्टका लागि नौ हजारवटा रसबरी र ६ सय लिटर दही खपत हुन्छ । खाना खुवाउने जिम्मा दिव्यश्वरी पार्टी प्यालेसले लिएको छ।

नास्ताो लागि उसिनेको अन्डा एउटा, पुरी–तरकारी, जेरी, चिया वा कफीको व्यवस्था छ। नास्ता दैनिक फरक–फरक छ । स्यान्डविज, हलुवा तथा छोलाभटुरा पनि एक–एक दिन राखिने मास्टर सेफ गोपाल सिंहले बताए।

खाना ननभेज खानामा तीन प्रकारको मासु (खसी, कुखुरा र माछा) छ । दुईथरी भेज तरकारी, दाल, भात, नान रोटी, डेजर्ट र सलाद पनि छ । ‘हलाल’ गरिएको मासु पनि छ।

भेज खानाको छुट्टै व्यवस्था छ । माछामासुबाहेक थप दुई भेज तरकारी थपिएको छ। डाइबेटिजका बिरामीका लागि पनि छुट्टै खानाको व्यवस्था छ।

डेजर्टमा प्रतिव्यक्ति दही र दुई रसबरी रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

11450