बुढासुब्बा गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दीलाई

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, २२ फागुन। धरानमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण १८औ बुढासुब्बा गोल्ड कपको उपाधि गत वर्षको उपविजेता मनाङ मर्स्याङ्दी क्लव काठमाडौले कब्जा गरेको छ।

चार पटकको विजेता नेपाल पुलिस क्लवलाई १ शून्यले पाखा लगादै मनाङले उपाधि रक्षा गरेको हो।

उपाधि सगै मनाङले ट्रफि, मेडल र नगद ४ लाख हात पारेको छ। यो उपाधिसंगै मनाङले बुढासुब्बा गोल्डकपमा ह्रयाटिक पुरा गरेको छ।

उसले यसअघि गोल्डकपको छैठौ र १३ औ संस्करणको उपाधिमाथि कब्जा गरिसकेको छ। त्यसो त यो जितसंगै मनाङले यो सिजनको नकआउट फुटबल प्रतियोगितामा समेत ह्याट्रिक पुरा गरेको छ।

उसले यो सिजनमा पोखराको आहा रारा गोलल्डप र हेटौडको सुमन बंमजन स्मृत गोल्डकपमा उपाधि हात पारि सकेको छ। जीतसंगै मनाङले विराट गोल्डकपमा पुलिससंगको हारको वदला समेत लिएको छ।

शनिबार धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न फाइनल खेलमा मनाङले विदेश खेलाडी एपीज ओलावलेको एक मात्र गोलको सहायताले उपाधि हात पारेको हो। ओलवलेले खेलको ८७औ मिनेटमा अनन्त तामाङको हेडिङ पासमा गरेको गोलले नै मनाङको लागी उपाधि दिलायो।

पुलिसभन्दा केही धेरै अवसर पाएका पाए पनि स्कोर निकाल्न नसक्दा मनाङले १ गोलमै चित्त बुझाउन बाध्य भए।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा चार पटकको विजेता पुलिसले निकै राम्रा अवसर सदुपयोग गर्न नसक्दा पाचौ पटक गोल्डकपको उपाधि कब्जा गर्ने सपना चकानाचुर बन्यो। पुलिसका लागि पहिलो हाफमा पाएका दुई सुन्दर मौका कप्तान जुमानु राईले सदुपयोग गर्न नसक्दा उपाधि मनाङको पोल्टामा पुग्यो। उनले खेल सुरु भएको ४१ औं मिनेटमा पाएको वान भर्सेज वानको अवसर सदुयोग गर्न नसक्दा पुलिस उप विजेतामै सिमित बन्यो।

उपवेजता पुलिसले नगद २ लाख ट्रफि र मेडल पायो।

उपाधिसगै मनाङले ६ वटा व्यक्तिगत पुरस्कार समेत आफ्नो पोल्टामा पार्यो। प्रतियोगिताको सर्वोउत्कृट खेलाडी मनाङका गोल रक्षक किरण चेम्जोङ हुदै यामाहाको मोटरसाइक पाए भने उनैले उत्कृष्ट गोल रक्षक को टाइटल हात पार्दै नगद ११ हजार समेत हात पारे।

प्रतियोगिताको उत्कृष्ट कोचको उपाधि मनाङकै छिरिङ लोप्साङ गुरुङ हुदै नगद ११ हजार पाए भने प्रतियोगिता अवधिभर ५ गोल गरेका फाइनल खेलका म्यानअफ दि म्याच एपिज ओलावले ले हाइस्कोररको उपाधिसंगै नगद २५ हजार पाए।

उत्कृष्ट स्ट्याकर हुदै मनाङका कप्तान अनिल गुरुङले नगद ११ हजार पाए भने मनाकै हेमन्त गुरुङले उत्कृष्ट मिडफिल्डर हुदै नगद ११ हजार हात पारे। यता उत्कृष्ट डिफेन्डरको उपाधि भने पुलिसका सुरज विकले हात पारे।

प्रतियोगिता विजेता टिमलाई समापन कार्यकक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट , आयोजक धरान फुटवल क्लवका अध्यक्ष तथा एन्फा उपाध्यक्ष किशोर राई, बराह ज्वेलरीका प्रशासकिय अधिकृत गंगा कालिकोटे लगायतले ट्रफि नगद र मेडल वितरण गरेका थिए।





Comments

comments

Leave a Reply

11453