Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राई इज किङले रिडिङ हल्लाए (फोटो फिचरसहित)

एचकेनेपाल डट कम संवाददाता –
रिडिङ युके, राई इज किङ उर्फ राजेशपायल राईले आफ्नो युके टुरको अन्तिम कार्यक्रम शनिवार भव्यताका साथ सम्पन्न गरे।

आयोजकद्वय बीसी राई र गंगा राई तथा उपसंयोजक एलबी सुब्बाले कार्यक्रम रिडिङमा अहिलेसम्म कै भव्य र सभ्य भएको बताए।

कार्यक्रममा राईसंग सेल्फी र फोटो खिच्ने प्रशंसकहरुको ठूलो भिड थियो।

कार्यक्रममा राईले दुई दर्जन नयाँ पुराना गीतले करीब ३ घण्टा मनोरञ्जन दिलाए। कार्यक्रममा राईले नाई नभन्नु ल २, नाई नभन्नु ल ४, राम प्यारी, फूलैफूलको मौसम तिमीलाई, घुम्न जाउं धरान, बसमा छैन यो मन, दर्शन नमस्ते, नमाग मसंग सहारा नमाग, सारा सारा माया, चौबन्दी चोलीलगायत गीत प्रस्तुत गरी दर्शकहरुको पसिना छुटाए।

युकेमा भएका ३ वटै कार्यक्रम सफल भएको आयोजकमध्ये एक एलबी सुब्बाले बताए।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

यो पनि हेर्नुहोस्





Comments

comments

Leave a Reply

11488