Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कसैले ५१ प्रतिशत मत नपाएपछि देउवा र पौडेलबीच पुनः मतदान हुने, सिटौला सभापतिको रेसबाट अाउट

नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा सभापति निर्क्योल गर्न नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको छ।

सभापतिका तीन प्रत्याशीमध्ये कसैले पनि बहुमत (५० प्रतिशतभन्दा बढी) पुर्याउन नसक्दा नेतृत्व छनोट पक्रिया लम्बिएको हो।

सोमबार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार शेरबहादुर देउवाले १५६४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्यवाहक सभापति रामचन्द्र पौडेलको ११६० मत छ। अर्का प्रत्यासी महामन्त्री कृष्ण सिटौलाले ३२४ मत पाएका छन्।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिने विधानमा उल्लेख छ। पुनः मतदान हुँदा साधारण बहुमतप्राप्त उम्मेदवार विजयी हुनेछ। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

11495