Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

माधव नेपाललाई केपी अोलीको ‘ सरप्राइज गिफ्ट ‘

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण उपलब्धिपूर्ण बनाउने विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बालुवाटारमा एमाले स्थायी समितिको बैठक सुरु भयो।

बैठकको सञ्चालन गर्दै पार्टी अध्यक्ष ओलीले भारत भ्रमणबारे ब्रिफिङ गरिरहेका थिए।

ओलीले बोलिनसक्दै उनका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी सञ्चारकर्मीसहित एकाएक बैठककक्षमा प्रवेश गरे। उनको हातमा केकको प्याकेट र फूलको बुकी पनि थियो। बैठकको माहौल नै बदलियो।

प्रधानमन्त्री ओलीले आफ्ना स्वकीय सचिवले ल्याएको ६४ वटा गुलाफ रहेको बुकी नेता नेपालको हातमा थमाउँदै भने, ‘ह्याप्पी बर्थडे टु यु ! ६४औँ जन्मदिनको तपाईंलाई धेरै–धेरै शुभकामना !!’ उनले दोसल्लासमेत लगाइदिए । बैठकमा सहभागीले परर्र ताली पिटे । नेपालको जन्ममिति २३ फागुन ००९ हो।

ओलीले ‘बर्थडे सेलिब्रेसन’को ‘सरप्राइज’ दिएपछि नेता नेपाल निकै भावुक बने। नयाँ पत्रिका दैनिकमा खबर छ। अन्य नेताहरूले मोबाइलबाट तस्बिर खिच्न थालेपछि उनी बोले, ‘मलाई त आफ्नै बर्थडे याद थिएन । यस्तो हुने पत्तो पाएको भए त अर्कै पहिरनमा आउँथे नि !’ उनी ज्याकेट र पाइन्टमा थिए।

प्रधानमन्त्री ओलीले टेबुलमा राखिएको केकतर्फ संकेत गर्दै नेपाललाई काट्न आग्रह गरे। केकमा लेखिएको थियो, ‘ह्याप्पी बर्थडे माधवकुमार नेपाल ।’ नेपालले केक काटे। त्यसपछि एक टुक्रा केक ओलीले नेपाललाई खुवाए। नेपालले पनि एक टुक्रा ओलीलाई खुवाए। उनले अन्य नेताहरूलाई पनि केक खुवाए।





Comments

comments

Leave a Reply

11498