उपनिर्वाचनमा एमालेको ‘क्लिन स्विप’

काठमाडौं । वैशाख १५ गते दुई स्थानमा भएको उपनिर्वाचनमा नेकपा एमालेले क्लिन स्विप गरेको छ।

इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। उनले २७ हजार ७७२ मत प्राप्त गरेका छन्। त्यस्तै, बझाङ प्रदेशसभा १ मा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी ११ हजार ६१३ मतका साथ विजयी भएका छन्।

इलाम–२ मा सुहाङका निकटम प्रतिस्पर्धी कांग्रेसका डम्बर बहादुर खड्काले २१ हजार ९४२ मत पाएका थिए। यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ११ हजार ४५७ मत पाए। रास्वपाका मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन्। इलाम–२ मा रास्वपाका मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ।

बझाङ प्रदेशसभा १ मा भण्डारीका निकटम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत ल्याए। त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले ३ हजार ८३१ मत पाए। अन्य उम्मेदवारले भने जमानत जोगाउन सकेनन्।





Comments

comments

114971