Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कोलोराडोमा उपसभामुख इन्दिरा राना मगरसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

कोलोराडोमा उपसभामुख इन्दिरा राना मगरसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा नेपाल प्रतिनिधि सभाका उप-सभामुख तथा पि.ए. नेपालका संस्थापक अध्यक्ष समाजसेवी इन्दिरा राना मगरसंग स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

फिस्टल रेस्टुरेन्ट, व्राईटन कोलोराडोमा भएको कार्यक्रममा सभामुख रानाले सहभागीको प्रश्नको जवाफ दिएकी थिइन्। रानाले आफूलाई राजनीति मन नपर्ने तर नीति नियम तथा आवाज उठाउने स्थान नै प्रतिनिधि सभा भएकाले आफू राजनीतिमा लागेको वताइन्।

भविष्यमा राजनीतिमा सक्रिय रहिरहने वा नरहने थाहा नभएको तर अवको ४ वर्ष आफूले कसैलाई भेदभाव नगरी पार्टीभन्दा माथि उठेर देशको सेवा गर्ने वताइन् । त्यस्तै पि.ए. नेपालका अध्यक्ष सुबानी आले मगरले संस्थाले देशभरीका १० स्थानमा ४०० वढी बालबालिकाहरुको हेरचाह गरिरहेको वताइन्।

कार्यक्रममा मगर संघ कोलाोराडो च्याप्टरका अध्यक्ष कृष्ण थापा मगरले पि. ए. नेपाललाई च्यापटरले सकेको सहयोग गर्ने वताए। च्याप्चरका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षता, उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा, विशिष्ट अतिथि पि.ए नेपालका वर्तमान अध्यक्ष सुबानी आले मगर र अतिथिहरूमा मगर संघ अमेरिकाका सल्लाहकार लक्षुमण राना मगर, मगर संघ अमेरिकाका पश्चिम क्षेत्रका उपाध्क्षय टेक बहादुर थापा मगर , मगर संघ अमेरिकाका केन्द्रीय सदस्य केशव थापा मगर रहेका थिए । कार्यक्रम संघका सचिव उपेन्द्र राना मगरले संचालन गरेका थिए।





Comments

comments

115267