Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नाइजेरियामा कोमल ओलीले धमाका मचाउने

विजय थापा / एचकेनेपाल डट कम –
लेगोस , नाइजेरिया। गैरआवासीय नेपाली संघ नाइजेरियाको आयोजनामा नाइजेरियाको लेगोसमा आगामी मार्च २७ मा हुने नेपाली सांगीतिक कार्यक्रमको लागि नेपालकी चर्चित गायिका कोमल ओलीले धमाकादार प्रस्तुति दिने भएकी छिन्।

कार्यक्रममा कोमल ओलीको साथमा स्थानीय कलाकारहरुले सो कार्यक्रममा आफ्ना गीत तथा नृत्यहरु प्रस्तुत गरिने जानकारी संयोजक तथा एनआरएनए नाइजेरियाका अध्यक्ष दिपक कर्णले बताए।

नाइजेरियास्थित गैरआवासीय नेपालीहरुले उत्सुकता साथ प्रतिक्षा गरिरहेको संघका अन्तर्राष्ट्रिय समितिका सदस्य चिरन्जिबी रोकाले बताए।

नेपाली चर्चित कलाकारको प्रस्तुति रहने यो कार्यक्रम अफ्रिका महादेशमै पहिलो भएकोले संघका अन्य शाखाहरुलाई पनि भबिष्यमा नेपाली संगीत,कला र साहित्य सम्बन्धी कार्यक्रम गर्ने यसले प्रेरणा मिल्ने संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले विश्वास लिएका छन्।





Comments

comments

Leave a Reply

11565