कोलोराडोको नेपाली सांस्कृतिक केन्द्रमा हनुमान चालिसा भजनकीर्तन

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा बिगत लामो समयदेखि कोलोराडोमा प्रसिद्ध हनुमान चालिसा भजनकीर्तन कार्यक्रम सम्पन्न भएको छ।

नेपाली घरको आयोजना तथा हनुमान चालिसा भजन कृतन समुह ( Chanting Lead by: Sabina & Ajaya Pradhan ) को सहयोगमा आइतवार दिउसो ठीक ३ बजेदेखि ५ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा कार्यक्रम सम्पन्न भएको हो।

तेत्तीस कोटी देवी देवतामा बिश्वास गर्ने नेपाली सांस्कृतिक परमपरा अनुसार सबै देवी देवताहरुको आ आफ्नै बिशेषता र महत्व रहेको छ । सोही अनुसार कोलोराडोमा बिगत लामो समयदेखि निरन्तर रुपमा हरेक महिना हनुमान चालिमा भजन कृतन कार्यक्रम संञ्चालन हुदै आएको छ ।

हरेक महिना आयोजना हुने कोलोराडो कै प्रसिद्ध धार्मिक कार्यक्रम यस पटक नेपाली भाषीहरुको आस्थाको केन्द्र नेपाली घरमा आयोजना भएको नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताए।

नेपाली समुदायको आफ्नै घर नेपाली सांस्कृतिक केन्द्रमा संचालित कार्यक्रममा सहभागी भई पुण्य आर्जन गर्न कोलोराडोस्थित धार्मिक समूहका प्रतिनिधि, संघ संस्थाका प्रतिनीघी बुद्धिजीवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपाली भाषी बुबाआमा, दाजुभाइ, दिदीबहिनी सबै उमेर समूहका महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

पवनपुत्र हनुमानको भजन कृतनपछि सहभागीहरू प्रसाद गहण गर्दै बिदा भएका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष ढकाले कार्यक्रममा उपस्थित भइ भब्य र सभ्य तरिकाबाट सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिएका थिए।





Comments

comments

115738