‘मनसरा’ सिनेमाको ग्राण्ड प्रिमियर बेलायतमा हुदै…

सुरेन्द्र इङ्नाम –
लण्डन । यहि आउदो मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा अभिनेत्री मिरुना मगरको साथ मनसरा सिनेमाको ग्राण्ड प्रिमियर बेलायतको भ्यू सिनेमा फर्नबोरोमा (Vue Cinema Farnborough) बिहान १० बजे हुने भएको छ।

कबडी फिल्मको ब्यानरमा रहेको यस चलचित्रको प्रोडुसरमा गोर्खा वारीयर्स र शैलेन्द्र डी. कार्की रहेका छन भने कथा र निर्देशन उपेन्द्र “झाँक्री” सुब्बाले गरेका छन्।

ताप्लेजुङ यूवा समाजको साथमा गोर्खा वरियर्सले प्रिमियर सो पछि १२ तारिख लिम्बु जातिको बाक्लो बस्तिभएको ठाउंमा २ सो गर्दै बेलायतको बिभिन्न ठाउंहरुमा उक्त चलचित्र प्रदर्शन गर्ने वारीयर्सका संयोजक पिटर गुरुङले जानकारि दिए।

वरियर्सले बिगतमा लूट चलचित्र निश्चल बस्नेत, दयाहाङ राई प्रियाङ्का कार्की लगायतका कलाकारहरुलाई उपस्थित गराएर सो गरिसकेको र अन्य धेरै ठूला ठूला लाईभ कन्सर्ट आफ्टर पार्टीहरु गरिसकेको छ।

गत सालको चलचित्र जारीको अपार सफलतापछि वरियर्सको नेपाली सिने जगतको लगानी भने यो दोस्रो हो। उक्त जारी चलचित्रले नेपालमा १०० दिन पार गरेको थियो भने बेलायतमा माग बढेपछि एउटै हलमा ३ पटकसम्म सो गरेको अर्का संयोजक अल्बिन सेन्दाङले बताए।

अभिनेत्री मिरुनाद्वारा अभिनित पहिलो चलचित्र जारी भएपनि बिभिन्न कारणले हलमा आउन ढिलो भएको थियो।

सिने जगतमा पहिले देखिनै कथा लेख्दै आए पनि पहिलो निर्देशित चलचित्र जारी दर्शकले अत्यधिक रुचाएर ब्लकबुस्टर भएपछि यस चलचित्रलाई जारीमा भएका कमी कम्जोरीलाई आत्मासात गरेर अझै राम्रो कथावस्तु रचेर तयार पारेको निर्देशक सुब्बाले बताए।





Comments

comments

115744