Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जेल परेका श्रीमान् छुटाउन बालिका अपहरण

बिहे गरेको तेस्रो दिन नै श्रीमान् जेल परेपछि छुटाउन एक युवतीले आफ्नै मालिकको बच्चा अपरहण गरेकी छिन् । काभ्रे सिमथली घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीया विनिता बास्कोटा (भण्डारी)ले ८ वर्षीया बालिकाको अपहरण गरेकी हुन्।

घटनाको भोलिपल्टै प्रहरीले बच्चाको उद्धार गरी विनिता र उनका सहयोगीलाई पक्राउ गरेको खबर नयाँपत्रिका दैनिकमा छ। गत सोमबार दिउँसो उनले आफ्नै मालिक बलराम पाण्डेकी ८ वर्षीया छोरी सम्झना पाण्डेको अपहरण गरेकी हुन्।

बच्चालाई गेस्टहाउसमा बन्धक बनाएर पाँच लाख फिरौती माग्ने योजना उनीहरूको थियो । तर, फिरौती माग्नै नपाई ललितपुर प्रहरीले बच्चाको उद्धार गरी विनिता बास्कोटा र भीमसेन भण्डारीलाई पक्राउ गरिएको महागनरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए।

डेढ महिनाअघि काभ्रेकै विष्णु भण्डारीसँग उनले प्रेमविवाह गरेकी थिइन्। बिहेको तेस्रो दिनमा नै उनका श्रीमान् मोटरसाइकल चोरीको आरोपमा पक्राउ परे। इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरी मुद्दा दायर गरेकोमा २८ फागुनमा काभ्रे जिल्ला अदालतले उनीसँग दुई लाख ५० हजार धरौटी माग्यो। धरौटी तिर्न नसकेपछि भण्डारी जेल चलान भए । श्रीमान् छुटाउन आफन्तहरूबाट समेत पैसा पाउन नसकेपछि विनिताले बच्चा अपहरण गरेर धरौटीको पैसा जुटाउने योजना बनाएकी थिइन्।





Comments

comments

Leave a Reply

11642