उम्मेदवार नै नभएका १० केन्द्रीय सदस्यहरु, कांग्रेसमा पराजित चर्चित यि अनुहार

काठमाडौं, ४ चैत । नेपाली कांग्रेसको १३ औं महाधिबेसनबाट नयाँ अनुहार एक दर्जन आएपनि पुराना र चर्चित व्यक्ति पराजित भएका छन् । यसरी पराजित हुनेमा केन्द्रीय सदस्यदेखि पूर्ब महामन्त्रीसम्म छन्।

पराजित हुने २३ जना केन्द्रीय पदाधिकारी एबं सदस्यहरुमा उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, अर्जुृननरसिंह केसी, गगन कुमार थापा, चित्रलेखा यादब, उमाकान्त चौधरी, पद्म नारायण चौधरी, महालक्ष्मी उपाध्याय (डिना), मीना पाण्डे, अर्जुनप्रसाद जोशी, मनमोहन भट्टराई, सूर्यमान गुरुङ, रामकृष्ण ताम्राकार, रामकुमार चौधरी, मोहम्मद अफताव आलम, कृष्णचन्द्र नेपाली, राजनप्रसाद पन्त, दिनबन्धु श्रेष्ठ, रामचन्द्र तिवारी, मिनाक्षी झा, कविता कुमारी सरदार वाँतर, रञ्जित कर्ण र प्रतापराम लोहार रहेको खबर यूनाइटेड पोष्ट साप्ताहिकमा छ।

त्यस्तै, पराजित हुने आमन्त्रित केन्द्रीय सदस्यहरुमा कबेलबहादुर लामा, दिलकुमारी राई, महेन्द्र शर्मा रहेका छन्।

त्यस्तै, १३ औं महाधिवेसनमा पराजित भएका पार्टीका पूर्ब पदाधिकारी र पूर्ब केन्द्रीय सदस्यहरुमा पूर्बमहामन्त्री एबं पूर्बसभामुख तारानाथ रानाभाट, पूर्बसहमहामन्त्री गोबिन्दराज जोशी, चिरञ्जीवि वाग्ले, संसदीय दलका पूर्ब सचेतक लक्ष्मणप्रसाद घिमिरे, बिनयध्वज चन्द, जीपछिरिङ लामा, पूर्णकुमार शेर्मा, उमा रेग्मी, खड्गबहादुर बस्याल, नेपाल टेड युनियन कांग्रेसका पूर्बअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, नेपाल तरुण दलका अध्यक्ष उदय शम्सेर राणा, पूर्बअध्यक्ष महादेव गुरुङ, बिनोद कायस्थ, पूर्बमहामन्त्री अनिलकृष्ण प्रसाईँ, कोइराला परिवारका सदस्यहरु स्वर्गीय पार्टी सभापति सुशील कोइरालाका भाई असोक कोइराला, रुम्मिणी कोइराला, मृदुला कोइराला, बाबुराम कोइराला, दामोदर कोइराला, कमलेस कुमार शर्मा, पूर्ब गृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटा, पूर्ब सहायकमन्त्री जनकराज जोशी, टंकप्रसाद राई, आदिवासी जनजाति महासंघका अध्यक्ष नरेन्द्र कुमाल आदि रहेका छन्।

उम्मेदवार नैं नभएका १० केन्द्रीय सदस्यहरु

केशबकुमार बुढाथोकी, नरेन्द्रबिक्रम नेम्वाङ, आमोदप्रसाद उपाध्याय, दिलबहादुर घर्ती, डिल्लीराज रेग्मी, श्यामकुमार घिमिरे, बाबुराम राना, किसोरसिंह राठौर र लीला कोइराला हुन् । यि मध्ये नेम्वाङ, उपाध्याय र राठौर क्रमश मेची, कोशी र भेरी अञ्चलबाट १२ औं महाधिवेसनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

खुल्लाबाट निर्वाचित २५ मध्ये आदिबासी जनजाति समुदायबाट जित्नेमा केबी गुरुङ, धनराज गुरुङ, प्रकाशमान सिंह र गोपालमान श्रेष्ठ हुन् । जनजाति आरक्षण बाहेक प्रदेश नम्बर एकबाट भिष्मराज आङदम्बेले बिजय हासिल गरे।

मधेशी समुदायका उम्मेदवारहरु आरक्षण बाहेक पदाधिकारीमा सीतादेवी यादब र खुल्लामा बिमलेन्द्र निधिले मात्र बिजय हासिल गरे । आरक्षण बाहेकबाट निर्वाचन जित्नेमा कोषाध्यक्षकी उम्मेदवार सीतादेवी यादब र खुल्ला केन्द्रीय सदस्यतर्फ सुजाता कोइराला मात्र हुन् । प्रदेशमा कुनैं पनि महिलाले उम्मेदवारी दिने हिम्मत गरेनन्।

२५ जना निर्वाचित हुने खुल्लामा उम्मेदवारी दिने ९० जनामा दुई जना मात्र महिला थिए । एक महिला सुजाता कोइरालाले चुनाव जितिन भने महालक्ष्मी उपाध्यायले चुनाव हारिन।

थारु र मगर समुदायबाट पार्बती डीसी चौधरी मधेशीतर्फको महिला कोटाबाहेक कसैले पनि चुनाव जितेनन् । आठौ महाधिबेसनदेखि हालसम्म केन्द्रीय सदस्य हुने पाँच जना शेरबहादुर देउवा, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, आनन्दप्रसाद ढुंगाना र केबी गुरुङ मात्र हुन्।





Comments

comments

Leave a Reply

11638