Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जनजाति महिलाहरुले बेलायतमा यसरी नारी दिवस मनाए

रोशन मेवाहाङ / एचकेनेपाल डट कम-
लण्डन, नेपाल आदिवासी जनजाति महिला महासंघ वेलायतले १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विविध चेतनामूलक कार्यक्रमसहित भव्यरुपमा मनाएका छन्।

अल्डरसटको किङ्स हलमा गत शनिवार समानताका लागि सपथ नारासहित महासंघकी अध्यक्ष कमला थापाको अध्यक्षतामा कार्यक्रम सुरुवात गरिएको थियो।

मनोविज्ञानकी प्राध्यापिका तथा साहित्यकार सुमाया राईको प्रमुख आतिथ्यमा महिलाहक अधिकार र समानताका लागि जीवन आहुति गर्ने ज्ञात अज्ञात महिला शहीदहरुप्रति एक मिनेट मौन धारण समेत गरिएको थियो।

साहित्यकार शशि थापा सुब्बाको लेखन तथा निर्देशन रहेको एकाङकी नाटक “नारी दिवस र कान्छीहरु” कार्यक्रमको मुख्य आकर्षण रहेको थियो।

तीन भागमा विभाजन गरिएको नाटकमा नेपाली समाजमा घटिरहेको यर्थाथ घटनाहरुलाई प्रस्तुत गरिएको थियो भने महिलाहरुले अरुलाई दोष दिनुको सट्टा आफै जागरुक हुन आवश्यक रहेको संन्देश दिइएको थियो। नाटकमा वसुन्धरा सोग्रेन, विम्ला राई, लारा राई, वविता (ववी) लामा र छेत्रकला राईले मुख्य भूमिका निभाएका थिए।

कार्यक्रममा महिलालाई हुने स्तन क्यान्सरको वारेमा नर्स ववी लामाले जानकारी गराउनु भयो भने वेलायतमा महिलाहरुमाथि हुने हिंसा र त्यसको कारण तथा निदानको वारेमा रजिस्टर सामाजिक कार्यकर्ता लक्ष्मी राई लाराले प्रस्तुत गरेकी थिईन्।

त्यसैगरी वेलायतमा नेपाली महिलाहरुको वर्तमान अवस्था र चिन्ताको विषयमा साहित्यकार विश्वासदिप तिगेलाले कार्यपत्र पेश गरेका थिए। सो कार्यपत्रमाथि समाजसेवी शसी थापा सुव्वाले सकारात्मक टिप्पणी गरेकी थिईन्।

कार्यक्रममा सहित्यकार सुमाया राईको गीति संग्रह ‘छाम सुनाखरी’ र कविता संग्रह ‘अव्यक्त अभिव्यक्ती’ को विमोचन गरेका थिए। दुईवटै कृतिहरुको बारेमा साहित्यकार भगवान चाम्लिङले भावनात्मक समिक्षा गरेका थिए।

विशिष्ठ अतिथिको रुपमा वोल्दै नेपाल पत्रकार महासंघका महासचिव उजीर मगरले पत्रकारीताको क्षेत्रमा महिलाहरुको न्युन सहभागिता रहेकोमा गुनासो पोखेका थिए।

नेपाली टेलिभिजन गोर्खा च्यानलका प्रस्तोता तथा महासचिव विमला लिम्वु (सेने)ले संचालन गरिएको कार्यक्रममा वेलायत छत्याल संघका अध्यक्ष झक छन्त्याल, एनआरएनए युकेका महिला उपाध्यक्ष शान्ति थापा कुँवर, मगर महिला संघकी अध्यक्ष हिमाली राना, नेपाल आदिवासी जनजाती महासंघका संस्थापक अध्यक्ष थर्क राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा एनआरएनए युकेकी महिला संयोजक सुसिला राई , तमुधि आमा समूहकी अध्यक्ष पवित्रा गुरुङ, नेपाल आदीवासी जनजाति महासंघका महासचिव कर्मा शेर्पा,किराँत याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष काजीमान याक्सो, किराँत राई यायोख्खाकी प्रमिला लावुङ राई ,खस अन्तर्राष्ट्रिय समाजका संयोजक टेक वहादुर थापा, सेवारो कलाकार संघकी अध्यक्ष दुर्गा पाङ्मा, मागेन्ना चुम्लुङका कल्पना आङवोहाङ, एसियन महिला समीतीकी महासचिव विभा गुरुङ, पत्रकार महासंघ युके साखाका अध्यक्ष नरेस खपाङ्गी मगर , फोनीजका पुर्ण गुरुङ, फोटो पत्रकार मिलन तमु, गीतकार एकेन्द्र गुरुङ,धनेन्द्र लिम्वु, देवी माया पुन, डा. सीवी गुरुङ, मुकेन छन्त्याल,सान्तकला राई , सावीत्री राई,पदमा राई, नन्द कुमारी गुरूङ, शान्तिगुरुङ लगायत विभिन्न संघ सस्थाको प्रतिनिधिहरुको बृहत उपस्थिति रहेको थियो।

छवी माया पुनको संयोजनमा सुरक्षा राना, कोपीला थेगीम, कल्पना लिम्वु, दिव्या राई र रुवीना गुरुङको आकर्षक नृत्य समेत प्रस्तुत गरिएको थियो। अन्त्यमा उपाध्यक्ष विमला राईले अन्तर्राष्ट्रिय नारी दिवसको वारेमा आप्नो मन्तव्य राख्दै कार्यक्रमलाई समापन गरेकी थिईन्।





Comments

comments

Leave a Reply

11634