बेलायतमा शम्भु राईको एकल साँगीतिक कार्यक्रम हुने

नबराज राई/ एचकेनेपाल डट कम –
बेलायत केन्ट। गायक शम्भु राईको एकल सांस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुति फोल्कस्टोनको हकिन्स कम्युनिटी सेन्टरमा यहीं मार्च महिनाको २६ तारिख शनिबार साँझ भव्यताका साथ आयोजना हुने जानकारी आयोजक कमिटिले दिएको छन्।

जसको लागि सम्पूर्ण ब्यबस्थापनको कार्य पूरा भैसकेको कुरा आयोजक कमिटीले जानकारी गराए।

कार्यक्रममा गायक राईले अहिलेसम्म गाएका नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने भएका छन्।

‘यो मेरो एकल पहिलो ऐतिहासिक कार्यक्रम बेलायतमा हुने कुराले जीवनमा अर्को खुशी मिलेको छ ‘, उत्साहित हुँदै गायक राईले, नेपालमा नचाउन नपाएका दर्शक तथा श्रोताहरुलाई यो चोटी धित मरुन्जेल नचाउने बाचा गरे।

आलुदम चना, चलेछ बतास सुस्तरी , चिट्ठी तिमिलाई ,मोहनी भाकाले, जस्ता संयौ गीतहरु एकैचोटी सुन्न र झुम्न पाइने यो सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरु लन्डन, फान्ब्रोदेखि समेत आउने कुरा आयोजकले बताएको छ।

बिशेष गरेर अघिल्ला पुस्तामाझ लोकप्रिय गायक नयाँ पुस्ताबीच पनि उतिकै परिचित र मनपराइएका गायक हुन्।

आयोजकहरुले पैसा कमाउनको लागि नभएर कलाकारको सम्मान र नेपाली संगीतको संरक्षणको लागि कार्यक्रम आयोजना गरिने भएकाले सक्दो न्यूनतम टिकट शुल्क तोकिएको बताए।

आयोजकहरुको अभिप्राय अधिक से-अधिक नेपाली दाजुभाई अनि दिदीबहिनीलगायत नयाँ पुस्ताहरुलाई कार्यक्रममा उपस्थित गराई नेपाली गीतप्रति मोह बढाउनु रहेको जानकारी गराएका छन्।

आयोजक टिमले ऐतिहासिक एकल कार्यक्रममा नेपाली गीत संगीतलाई माया गर्ने सम्पूर्ण दर्शकलाई हकिन्स कम्युनिटी सेन्टरमा उपस्थित भएर नेपाली कलाकर अनि नेपाली गीत संगीतको संरक्षणमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।





Comments

comments

Leave a Reply

11632