मकाउ पठाइदिने भन्दै ल्हारक्याल लामा यसरी सवा २ करोड ठगेर फरार थिए

बैंक लकरमा गोली भेटिएपछि प्रहरी हिरासतमा रहेका एकीकृत नेकपा माओवादीका सांसद ल्हारक्याल लामा वैदेशिक रोजगा ठगी ‘फरार ‘आरोपीसमेत हुन्।

मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि विभागले लामालाई पक्राउ गरि बुझाउन प्रहरीलाई दुई वर्षअघि नै पत्र पठाएको खबर नागरिक दैनिकमा छ।

अपरच्युनिटि म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले लामासहित फुर्वा लामा छ तिरिङडोल्ला लामाविरुद्ध २०७९ भदौमा उजुरी दिएका थिए। लगत्तै विभागले महागनरीय प्रहरी मरिसर, काठमाडौंलाई भदौ ५ मा तीनै जनालाई पक्राउ गरी विभागमा पठाउन पत्राचार गरेको थियो।

गुरुङले निवेदनमा ‘ल्यारक्यालकी भान्जी भन्ने खिनाले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको ३ सय २० जनाको कोटा ल्याईदिने भन्दै पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन्।

ल्हारक्यालले मानेनन् पोलिग्राफ परीक्षण गर्न
ल्हारक्यालले नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा फेला परेको १४ राउन्ड गोली भारतमा बस्ने एक परिचितले दिएको दाबी गरे पनि प्रहरीको पोलिग्राफ परीक्षण प्रस्ताव भने अस्विकार गरे।

आइतबार अख्तियार दुरुपयोगा आयोगसँगै दरबारमार्गको बैंकको लकर खोल्न गएका लामाको लकरबाट पैस्तोलमा लाग्ने गोली फेला परेपछि अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाएको थियो।

पेस्तोलको खोजीमा सोमबार बूढानीलकण्ठमा रहेको उनको घरको खानतलासी गरेका प्रहरी उपलव्धिविहीन भएपछि मंगलबार उनलाई पोलिग्राफ परीक्षणको लागि प्रहरी प्रधान कार्यलय पुर्‍याइएको थियो।

उनले गोली भारतमा बस्ने एक मित्रले दिएको जनाएका थिए।

त्यसपछि उनको पोलीग्राफ परिक्षण गर्न लागेको प्रहरीलाई आफू अस्वस्थ छु भन्दै परीक्षण गर्न अस्विकार गरेका थिए।





Comments

comments

Leave a Reply

11603