Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियाका नेपाली हुण्डी दलाल करोडौं ठगेर फरार

कोरियामा नेपाली कामदारको करोडौं रुपैयाँ लिएर एक हुन्डी दलाल फरार भएको पीडितले बताएका छन्।

सोल तुङदेमुनमा बसेर कामदारको पैसा नेपाल पठाइरहेका भोजपुरका सोगेन्द्र घले करिब २ करोड ९० लाख रुपैयाँ लिएर फरार भएको उनीहरुले जानकारी दिएका छन्।

घलेले सस्तो दरमा नेपालमा पैसा पठाइदिने भन्दै नेपाली कामदारबाट पैसा संकलन गरेका थिए। उनी केही दिनदेखि घरमा पैसा संकलन गर्न लागेका कामदारसँग सम्पर्कविहीन भएको खबर आजको कान्तिपुरमा छ।

कामदारले खोजिरहेका बेला घले सोमबार बिहान भने सम्पर्कमा आएका थिए। उनले अज्ञातस्थलबाट भ्वाइसकलमार्फत फोन गरेर कामदारको पैसा २९ करोड वन करिब नेपाली २ करोड ९० लाख रुपैयाँ संकलन गरेको स्वीकार गरे तर त्यो पैसा आफूले क्यासिनोमा हारेको बताए।





Comments

comments

Leave a Reply

11630